• १३ असोज २०८१, आइतबार

सुर्खेतबाट एसईईमा ९ हजारभन्दा बढी विद्यार्थी सहभागी हुँदै

blog

फाइल तस्विर ।

नवीन सुवेदी

सुर्खेत, चैत ९ गते । चैत १७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाका लागि सुर्खेत जिल्लाभरबाट ९ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन् । यसपटक ग्रेट वृद्धि र प्राविधिकतर्फका विद्यार्थीलाईसमेत सँगै राखेर ३२ वटा केन्द्रबाट परीक्षा सञ्चालन गरिने शिक्षा विकास तथा समन्वय एकाइ सुर्खेतले जनाएको हो । 

सुर्खेतमा मावि स्तरका विद्यालय एक सय ६३ वटामध्ये ५१ संस्थागत र एक सय १२ सामुदायिक विद्यालय छन् । शिक्षा विकास तथा समन्वय एकाइ सुर्खेतका अनुसार नियमिततर्फ आठ हजार छ सय ३०, ग्रेड वृद्धिमा तीन सय ८९ र प्राविधिक धारका एक सय १० गरी नौ हजार एक सय १९ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।