कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने लालीबगरदेखि सुनाखाडासम्म सडक निर्माण कार्यले बाटो भत्किएपछि पैदल यात्रुहरुलाई हिँड्न समस्या भएको छ । दक्षिणी हुम्लामा आउजाउ गर्ने पैदल यात्रुहरुले जोखिम उठाएर यात्रा गर्नु परि रहेको छ ।
नेकपा (एमाले) बागमती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आज बस्ने प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने कार्यक्रम तय गरेको जानकारी दिनुभयो । एमाले सरकारबाट बाहिरिएसँगै नेपाली कांग्रेस सरकारमा सहभागी हुने बताइएको छ ।
मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको हो ।
मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको छ ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पुष्पलाल मध्य पहाडी सडक हस्तान्तरण नहुँदै भत्कन थालेको छ । लोक मार्ग अन्तर्गत जाजरकोटको छेडागाड नगरपालिकाको थलहदेखि जेवासम्मको सडक पिच भत्किन थालेको हो । जाजरकोटको थलह देखि १३ किलोमिटर सडक खण्ड निर्माणको जिम्मेवारी लिएको लामा पीएस कन्स्ट्रक्सन जेभी काठमाडौँले भत्किएको सडक मर्मत गर्ने तर्फ कुनै ध्यान दिएको छैन ।
गत फागुन २४ गते साँझ काठमाडौँको शङ्खरापुर नगरपालिका साँखुस्थित इन्द्रायणीमा भएको सवारी दुर्घटनामा पत्रकार ५० वर्षीय पवनलाल श्रेष्ठको ज्यान गयो । साँखु–जोरपाटी सडकखण्डमा साँखुबाट ब्रम्हखेल जाँदै गरेको बा५ख २४१४ नम्बरकोगत फागुन २४ गते साँझ काठमाडौँको शङ्खरापुर नगरपालिका साँखुस्थित इन्द्रायणीमा भएको सवारी दुर्घटनामा पत्रकार ५० वर्षीय पवनलाल श्रेष्ठको ज्यान गयो ।
चित्रवन धुम्म भा’को छ रोगी जस्तो मुहार छ मास चैत चलेको छ सूर्यको ताप क्षीण छ धमिलो भा’छ आकाश तुवाँलोको छ शासन चारैतिर अँध्यारोले ढाकेको आज यो दिन ।
बुद्धझैँ शान्त भई बस्छु भन्ने थियो छेउमै पड्किने बन्दुके भैदियो बदलिए खुद स्वयं, युद्ध हाँक्नेहरू युद्धले खै कहाँ कुन मुलुक बदलियो ?
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ आम डाँडा निवासी हीरा गुरुङलाई बिहीबार प्रसुति व्यथा लागेपछि गाउँलेहरूले झोलुङ्गेमा बोकेर अस्पतालमा पुर्याए । गाउँमा मोटर बाटोको पहुँच नहुँदा एम्बुलेन्स जान नसकेकोले झोलुङ्गे (डोली)मा बाेकेर उनीहरूले अस्पतालमा पुर्याएका हुन् ।
तिमीबिना शून्य लाग्ने त्यो रातलाई सम्झिएँ प्रेमिल संसारमा गरेका त्यो बातलाई सम्झिएँ ।
रुकुम पश्चिममा एक बालकको ढुङ्गाले लागेर मृत्यु भएको छ । आठबिसकोट नगरपालिका वडा नम्बर ११ गोइरी निवासी महेन्द्र परियारका ९ वर्षीय छोरा दीप रोशन परियारको बिहीबार बेलुका मृत्यु भएको हो ।
लगातारको पानीसँगै परेको हिउँका कारण उच्च पहाडी र हिमाली क्षेत्रमा याक, चौँरीलाई सकस भएको छ । सिक्किम र वेस्ट बङ्गालसँग सिमाना जोड्ने पाँचथरका उच्च पहाडी र हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ ।
एक समय शक्तिशाली राज्यका रूपमा डोटीमा मल्ल राजाले शासन गर्थे । नेपाल एकीकरणपछि पनि राणाकालमा डोटी महत्वपूर्ण गौँडाका रूपमा रहेको थियो । डोटीको सिलगढीको प्रशासनले अछाम, बझाङ, बाजुरा, जुम्ला, दार्चुला र बैतडीसम्मको प्रशासनिक कार्य हेर्ने गथ्र्याे । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटी जिल्लाको पूर्वमा अछाम र सुर्खेत, पश्चिममा डडेल्धुरा र बैतडी, उत्तरमा बझाङ तथा दक्षिणमा कैलाली जिल्ला रहेका छन् । दुई हजार २५ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस जिल्लामा ५९ हजार १०१ हेक्टर भूभाग वनजङ्गलले ओगटेको छ । डोटीमा ३० हजार ७११ हेक्टर क्षेत्रफल नदीनालाले ओगटेको छ । यस्तै सात हजार १११ हेक्टर सरकारी तथा गौचरन, सात हजार ७३८ हेक्टर सञ्चित क्षेत्र र २४ हजार ५३८ हेक्टर सिञ्चित क्षेत्रले ओगटेको छ ।