ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान आज (शुक्रबार)देखि सुरु हुँदैछ । एक महिनासम्म चल्ने यो पर्वमा मुुसलमान समुदाय दिनमा निराहार बस्छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले राष्ट्रिय आविष्कार केन्द्रलाई ६३ लाख नौ हजार ७२ रुपियाँ बराबरको सामग्री सहयोग गरेको छ । सामाजिक साझेदारीको अवधारणाअन्तर्गत एनआरएनएले खरिद गरेको निर्माण उपकरण, औजार र सवारीसाधन तथा बालुवाटारस्थित एनआरएनए सचिवालयले खरिद गरेका फर्निचर तथा सामग्री केन्द्रलाई सहयोगस्वरूप हस्तान्तरण गरिएको हो ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण शुक्रबार सार्वजनिक गर्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगणनाको पूर्ण विवरण सार्वजनिक गर्नुहुने सो कार्यालयले जनाएको छ । २०७८ माघ महिनामा सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेको थियो । पूर्ण विवरण सार्वजनिक हुँदा प्रारम्भिक विवरणको जनसङ्ख्याभन्दा करिब पाँच लाख जनसङ्ख्या घट्ने अनुमान गरिएको सो कार्यालयले जनाएको छ ।
निकै तामझामका साथ पोखराबाट भारतीय नाकासँग जोडिएका गन्तव्यमा सुरु भएको हवाई उडान रोकिन थालेका छन् । पोखरामा भारतीय पर्यटक तान्न सञ्चालन गरिएका उडानहरू यात्रु अभाव भएपछि रोकिन थालेका हुन् । पोखराबाट देशका ठूला सहरमध्ये धनगढी, विराटनगर, सिमरा र जनकपुरमा सुचारु भएका उडान यात्रु अभावको कारण देखाउँदै हवाई कम्पनीले पुनः उडान सुचारु गर्न चासो देखाएका छैनन् । यात्रु अभावकै कारण हालै मात्र बुद्व एयरले सुरु गरेको पोखरा–भद्रपुर उडान पनि रोकिएको छ ।
नेपालको पहिलो सुरुङमार्गको मौलिकता गुम्ने गरी मर्मत थालिएको छ। जीर्ण अवस्थामा रहेको यो सुरुङमार्गको बागमती प्रदेश सरकारले यति बेला मर्मत गरिरहेको छ। पुरातात्त्विक महत्वको सुरुङ मर्मत गर्दा मौलिकतामा ख्याल गरिएको छैन। उपत्यकालाई तराईसँग जोड्ने गरी चुरेमा १०६ वर्षअघि सुरुङमार्ग निर्माण गरिएको थियो।
जिल्ला अदालत काठमाडौँमा ऊर्जा व्यवसायी गुरुप्रसाद न्यौपानेविरुद्ध रु. तीन करोड २३ लाख बिगो र कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण वैशाख दोस्रो हप्तासम्म भइसक्ने बताउनुभएको छ।
सुदूरपश्चिममा गत सात महिनामा क्षयरोगबाट ६१ जनाको मृत्यु भएको छ । तीमध्ये कैलालीमा २३ जनाको सो रोगबाट मृत्यु भएको छ ।
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको व्यापारघाटा कम गर्न नसकेसम्म आर्थिक समृद्धि आउन नसक्ने बताउनुभएको छ ।
बाजुरा क्याम्पसमा नेविसंघले लगाएको ताला नौ दिनपछि खोलिएको छ। छुटेका मतदातालाई निर्वाचनमा समावेश गर्ने र फर्जी मतदाताको छानबिन गर्ने विषयलाई लिएर नेविसंघले ताला लगाएको थियो।
चैत १७ गतेदेखि सुरु हुने एसइई परीक्षामा दैलेखबाट पाँच हजार ७३५ परीक्षार्थीले एसइई परीक्षा दिने भएका छन् ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले योग र प्राकृतिक उपचार मानवजीवनका लागि अपरिहार्य रहेको बताउनुभएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वाग्रह राखेर मन्त्रालयले कसैको पनि सरुवा नगर्ने स्पष्ट पार्नुभएको छ।
नेपाल उद्योग वाणिज्य महासङ्घ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत सर्वसम्मत चयन हुनुभएको छ । बिहीबार झापाको बिर्तामोडमा सम्पन्न महासङ्घको पाँचौँ सभाले राउतलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
रुपन्देहीको मर्चवारी गाउँपालिकाका तत्कालीन अध्यक्ष केवशनन्द बानियाविरुद्ध ९१ लाख ८६ हजार ५४३ रुपियाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ।