लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले धार्मिक एकता र सद्भावबाटै राष्ट्रिय एकता बलियो हुने बताउनु भएको छ ।
ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङ ‘नेल्सन मन्डेला लिडरसिप अवार्ड सन २०२३’ बाट सम्मानित हुनुभएको छ ।
विश्वमा हरेक वर्ष दुई करोड मानिसको मृत्यु मुटुरोग र सम्बन्धित आर्टरीहरूको कारणले हुने गर्दछ । यो संसारको मृत्युको कारणमध्ये पहिलो हो । कुनै पनि महामारी, कुनै दुर्घटना, कुनै एड्स या कुनै अरू सरुवा रोगबाट भन्दा यो बढी हो ।
पवित्र तिर्थस्थल देवघाटमा आएका दुई युवक आज बिहान करिब ७ बजेतिर नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् ।
दोलखाको सिंगटी बजारबाट चार किलो सुनसहित पक्राउ परेका तीन जनाको परिचय खुलेको छ ।
नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण बडुवालको निधन भएको छ । श्वासप्रश्वासको समस्याबाट पीडित उहाँको आज (बिहीबार) बिहान निधन भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्राकाे अवसरमा वसन्तपुर जाँदा जुद्ध सालिकबाट हिँडेर जाने तयारीमा हुनुहुन्छ ।
नेकपा (एमाले) को तर्फबाट बाँके निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्य दीपा शर्मालाई विधायकको मूल काम कानुन बनाउने नै हो भन्ने लाग्छ । तर नेपालको अभ्यासमा विकासप्रति बढी ध्यान दिँदा मूल कानुन बनाउने कुरा ओझेलमा परेको उहाँको ठम्याइ छ ।
राष्ट्रिय सभाका सदस्य तथा नेपाल आदिवासी जनजाति महासङ्घका संस्थापक महासचिव सुरेश आले मगरले आदिवासी जनजातिले आफ्नो अधिकारका लागि निरन्तर लागि रहनु पर्ने बताएका छन् ।
गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को आगामी कार्यकाल (२०२३–०२५) को लागि कतार निवासी राजेन्द्र कुमार शर्माले अध्यक्ष पदमा उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका छन् ।
धनगढी उपमहानगरपालिकाले मुक्तिनाथ यात्रामा पठाएका वृद्ध वृद्धासँगै स्वयंसेवकका रूपमा गएका दुई जना तीर्थयात्री देवघाटमा पौडी खेल्ने क्रममा बेपत्ता हुनुभएको छ ।
कालीगण्डकी गाउँपालिका–५ जैपातेमा रहेको आशिष दाइ बहुउद्देश्यीय कृषि फार्ममा चितुवा पसेर कालिज सखाप पारेको छ ।
मकै सबैलाई मन पर्छ । सबैभन्दा बढी खपत हुने मकै मौसमी हरियो हो । पोलेर खाने कि उसिनेर, जसरी खाँदा पनि स्वादिष्ट हुन्छ हरियो मकै । हामीले नेपालमा पहेँला मकै मात्र देखेका छौँ तर मकै अनेक खालका हुन्छन् । यिनका परिकारमा पनि त्यत्तिकै विविधता छ । हामी नेपालीले मकै कि पोलेर खान्छौँ कि उसिनेर वा च्याख्ला बनाएर । कसै कसैले ढिडो, पुवा वा रोटी पनि बनाएर खाने गर्छन् । स्वास्थ्यका हिसाबले पनि यो अन्न अति उत्तम छ । ‘कर्न कल्चर’ अर्थात् मकै संस्कृति ओल्मेक, मेक्सिकोमा विकसित भएको मान्यता छ । पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा सबैभन्दा
कुस्मा नगरपालिकाको आर्थिक वर्ष २०८०-०८१ को लागि कुल बजेट निर्धारित समयभन्दा तीन महिनापछि मात्रै बुधवार सम्पन्न नगर सभा मार्फत सार्वजनिक भएको छ । कुस्मा नगरपालिकाले आर्थिक वर्ष २०८०-०८१ का लागि बजेट ८७ करोड ८५ लाख सार्वजनिक गरेको हो ।
पल्लवीलाई भोजको निम्ता आयो कि, ब्युटिपार्लरमा सिँगारपटार नगरीकन चित्तै बुझ्दैनथ्यो । हुन त प्रकृतिले नै उनलाई सुन्दरी बनाएको थियो । सिँगारपटार नगर्दा पनि । उनका श्रीमान् उनलाई भन्ने गर्थे “तिमीलाई सिँगारिन क