स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाका ५३ वर्षीय चन्द्रकान्त डुम्रेले मौसमी तथा बेमौसमी तरकारी तथा बीउ बिक्री गरेर वार्षिकरुपमा १४ लाख बढी आम्दानी गर्दै आउनुभएको छ ।
उत्तरी मेक्सिकोको तामाउलिपास राज्यमा आइतबार एक गिर्जाघरको छाना भत्किँदा कम्तीमा सात जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आउँदो बुधबारपछि मौसममा क्रमिक सुधार हुने जनाएको छ ।
अर्जुनचौपारी गाउँपालिका–६ दरौमा एक महिलामाथि गरिएको कुटपिटको राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष र तत्कालीन कार्यकारी निर्देशकसहित नौ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले देशमा सुशासन कायम गरेर छाड्ने प्रतिबद्धता जनाउनुभएको छ । आफू सुशासनसहितको आर्थिक समृद्धिको पक्षमा रहेको बताउँदै उहाँले सुशासन र समृद्धिको अभियानलाई पूरा गरेर छाड्ने बताउनुभयो ।
सरकारले सङ्घीय संसदमा दर्ता गरेको सङ्घीय निजामती सेवा विधेयकका कतिपय व्यवस्था संशोधन गर्न माग गर्दै स्थानीय तहका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ ।
बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको राजमार्ग क्षेत्रमा आवागमन गर्ने सवारी साधनका लागि सोमवारदेखि टाइम कार्ड लागू गरिएको निकुञ्ज प्रशासनले जनाएको छ ।
पर्वतका सामुदायिक विद्यालय विद्यार्थीविहीन बन्दै गएका छन् । अवसरको खोजीमा गाउँबाट बसाई सर्नेक्रम बढेपछि विद्यालय खाली हुँदै गएका हुन् ।
लुम्बिनी प्रदेशअन्तर्गतका विकास निर्माणसँग सम्बन्धित कार्यालयले चालु आर्थिक वर्षमा समयभित्रै योजनाको काम सम्पन्न गर्ने उद्देश्यले प्रक्रिया अघि बढाएको छ ।
ऐतिहासिक हतुवागढी गाउँपालिकाले गुरुयोजना बनाएर पर्यटन प्रवर्द्धनको काम अगाडि बढाएको छ । गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि विभिन्न आधार तथा सम्भावना खोजी विकासमा जुटेको हो ।
झापामा लागुऔषध भित्र्याउने गिरोहले प्रहरीलाई छक्याउन नयाँ उपाय लगाउन थालेको पाइएको छ । केही दिनअघि चामलको बोराभित्र लागुऔषध ल्याउने क्रममा प्रहरीले लागु्औषध कारोबारीलाई पक्राउ गरेको थियो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अहिले अमेरिकी सहयोग जारी रहने बताउनुभएको छ । युक्रेनमा जारी युद्ध प्रयासमा सहयोगी मुलुकहरूलाई अमेरिकी वित्तीय सहयोग जारी राख्ने आश्वासन दिएका कारण बाइडेनले सो कुरा बताउनुभएको हो ।
नेपाली सेनाबाट सेवानिवृत्त एक जनाले लेयर्स कुुखुरा पालेर अण्डा बिक्री गरी मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । आम्दानी गर्नेमा भानु नगरपालिका –६ मूलपानीका वसन्तबहादुर खड्का हुनुहुन्छ ।