बाढीपहिरोले पानीको मुहानमा क्षति पु-याएपछि कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा एक हप्तादेखि पानी आपूर्ति हुन सकेको छैन । वीरेन्द्रनगर–५ की गीता थापाले धारामा एक हप्तादेखि पानी नआएको र नजिकको खोलामा रहेको धारामा पानी भर्नेको भीड हुने गरेको बताउनुभयो ।
नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउने कामलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सोमबार पदभार ग्रहण गर्दै उहाँले वैदेशिक रोजगारीमा भएका बेथिति अन्त्य गरी यस क्षेत्रलाई भरपर्दो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । श्रममन्त्री कुँवरले यसअघिका मन्त्रीबाट भएका राम्रा कामलाई निरन्तरता दिँदै आन्तरिक रोजगारी सिर्जना गरेर सकेसम्म स्वदेशमै रोजगारीका अवसर खोजिने बताउनुभयो ।
मनसुनी वायुको प्रभावले मंङ्लबारदेखि बिहीबारसम्म देशभर मुसलधारे वर्षा हुनेछ । मौसम पुर्वानुमान महाशाखाले मंगलबार विहान जारी गरेको विज्ञप्तीनुसार सातै प्रदेशमा सामान्य देखि भारी वर्षा हुने जनाएको छ ।
विज्ञान प्रविधिको आधुनिक युगमा नवीन प्रविधिको प्रयोगबिना समृद्धिलाई साकार पार्न सम्भव छैन । सूचना प्रविधिको यो युगमा जनजीवनका हरेक क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग प्रचुर मात्रामा भइरहेको छ । प्रत्येक सिक्काका दुई पाटा भनेझैँ प्रविधिको प्रयोगबाट सहजतासँगै विविध किसिमका चुनौती पनि सिर्जना भइरहेका पाइन्छन् । त्यस क्रममा हिजोआज इन्टरनेटकै माध्यमबाट विभिन्न अनलाइन कार्यले निकै तीव्रता पाइरहेका छन् ।
राजनीतिक सहभागिता र समानता लोकतन्त्रका मुख्य आदर्श हुन् । सैद्धान्तिक रूपमा दुवै एकअर्काका अनुरूप भए पनि व्यावहारिक रूपमा असमान सहभागिताले लोकतन्त्रप्रति जनताको मोह भङ्ग हुने खतरा बढेको छ । सरकारमा गएका व्यक्तिको अस्वाभाविक जीवनशैलीले लोकतान्त्रिक मूल्य मान्यता झुटतन्त्र र लुटतन्त्रमा परिणत भएको छ ।
नेपालमा दिनप्रति दिन गरिबी बढ्दै छ । नेपालका बहुसङ्ख्यक जनता आर्थिक दृृष्टिले गरिब छन् भन्ने तथ्यलाई विभिन्न तथ्याङ्कले देखाउँछ । सन् १९७० देखि १९९० को अवधिमा वार्षिक आर्थिक वृद्धिदर औषत ३.९ प्रतिशत रह्यो । बढ्दो जनसङ्ख्या वृद्धिका कारण पनि विगत २५ वर्षमा प्रतिव्यक्ति आय वृद्धिदर १.४ प्रतिशत मात्र रहन गयो ।
रुसले युक्रेनमाथि युद्ध छेडेको चार महिना भयो । त्यो युद्धका कारण प्रत्यक्ष रुने लाखौँ युक्रेनी छन्, हजारौँ रुसी पनि छन् । युद्धमा युक्रेनी मात्र होइन, धेरै रुसी पनि मारिएका छन् । आफन्त र प्रियजनको मृत्युको पीडा नहुने को नै पो होला र ? यहाँ युक्रेनी र रुसीको मृत्यु, पीडा र रुवाइ प्रत्यक्ष हो । त्यही विभीषिकाका अप्रत्यक्ष रुने संसारभरि धेरै छन् । आखिर कसैको मन ढुङ्गाको हुँदैन ।
जुन समाजमा ज्ञानीको बास हुन्छ, त्यो समाज शान्त, विकसित, सभ्य र सुसंस्कृत हुन्छ । ज्ञानीहरू अर्थात् बुद्धि–विवेक प्रयोग गरी अरूलाई चेतनाका ज्योति छर्ने पात्रका रूपमा शिक्षकलाई लिइन्छ । हरेक मानिसको सफलतामा शिक्षकको भूमिका हुन्छ । शिक्षक औपचारिक, अनौपचारिक जुनसुकै रूपमा पनि स्थापित हुन्छन् । जसले शिक्षा, ज्ञान र सत्मार्ग देखाउँछन् र जो प्रेरणाको स्रोत हुन्छन्, उसलाई नै शिक्षक वा गुरु भनिन्छ, मानिन्छ । गुरुकुलीय शिक्षा पद्धतिदेखि आधुनिक शिक्षासम्म आइपुग्दा शिक्षक र विद्यार्थी अर्थात् गुरु–शिष्यको सम्बन्धमा केही अन्तर देखिए पनि सारमा शिक्षक जहिल्यै मार्गदर्शक र सम्मानित नै हुन्छन्, उनीहरू आफ्ना शिष्यको सफलतामा दङ्गदास हुन्छन् ।
चीनको बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) परियोजनालार्ई टक्कर दिन विश्वका शक्तिशाली देशका नेतृत्वले कोष खडा गरेका छन् । समाचार एजेन्सीका अनुसार जर्मनीमा जारी सात औद्योगिक राष्ट्रको समूह (जी ७ )को सम्मेलनले सरकारी तथा निजी साझेदारीमा विकासशील देशहरूमा पूर्वाधार विकासमा पाँच वर्षमा खर्च गर्ने गरी छ खर्ब अमेरिकी डलर बराबरका लगानी गर्ने प्रतिबद्धता जनाएका हुन् । त्यसमा अमेरिका एक्लैले दुई खर्ब अमेरिकी डलर खर्च गर्ने घोषणा अमेरिकाका राष्ट्रपति जो बाइडेनले गर्नुभएको छ ।
सप्तकोशीको पानी धरानमा ल्याउन डिपिआरको तयारी गर्न धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई र विशेषज्ञसहितको टोलीले सप्तकोशीको स्थलगत अध्ययन गरेको छ ।
मधेस प्रदेश सरकारले पहिलो पटक युवा महोत्सव आयोजना गर्ने भएको छ ।
म्याग्दीको मंगला गाउँपालिका २ रणबाङका स्थानीयहरुले सडकमा रोपाइँ गरेका छन् । लामो समयसम्म सडक हिलाम्मे भएर आवतजावतमा समस्या हुँदा पनि सरोकारवाला पक्षले बनाउन चासो नदिएपछि स्थानीयबासीले सोमबार सडकमा धान रोपेर विरोध जनाएका हुन् ।
काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा ११औं काठमाडौं जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिले शोधनान्तर घाटाको स्थिति आउनुमा केपी ओली नेतृत्वको पूर्ववर्ती सरकार जिम्मेवार रहेको बताउनुभएको छ ।
नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले जनताको बहुदलीय जनवाद (जबज) र अभिव्यक्ति स्वतन्त्रताबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताउनुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपाल, रूपन्देही शाखाले सोमवार तिलोत्तमामा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता पौडेलले सो कुरा बताउनुभयो ।