भारतका सुप्रसिद्ध रङ्गकर्मी तथा अभिनेत्री शबाना आजमीले नेपाली रङ्गकर्मी तथा कलाकारहरूलाई रङ्गमञ्चका बारेमा आफ्नो अनुभव ‘मास्टरक्लास’ साटासाट गर्नुहुने भएको छ। दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) मा विशेष अतिथिका रूपमा सहभागी हुन उहाँ काठमाडौँ आउने हुनुभएको हो।
बिक्री गर्ने बेला सुन्तला कुहिएर बोटमै झर्न थालेपछि बागलुङका सुन्तला उत्पादक चिन्तित भएका छन् । बजार पठाउने बेला सुन्तलामा औँसा कीरा भेटिएको छ । सो कीराका कारण सुन्तलाका दाना कुहिएर बोटबाट झर्न थालेका छन् । जिल्लाभर करिब २० प्रतिशत सुन्तलामा औँसा कीराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत कुमार पुनले बताउनुभयो ।
मुलुकमा सञ्चालित निर्जीवन बीमा कम्पनीले चालू आर्थिक वर्षको असोज महिनासम्म झन्डै ११ अर्ब रुपियाँ बीमा शुल्क आर्जन गरेका छन् । नियामक निकाय बीमा प्राधिकरणका अनुसार १९ वटा निर्जीवन बीमा कम्पनीले छ लाख ८९ हजार ४६८ बीमालेख जारी गरेर १० अर्ब ८४ करोड २४ लाख ५२ हजार रुपियाँ बराबरको बीमा शुल्क आर्जन गरेका हुन् । निर्जीवन बीमा कम्पनीले चालू आर्थिक वर्षको असोज महिनामा मात्रै दुई लाख ४४ हजार ९७ बीमालेख जारी गर्दै दुई अर्ब ९६ करोड सात लाख ९४ हजार रुपियाँ बीमा शुल्क आर्जन गरेका छन् ।
आगामी मङ्सिर ४ गते सिङ्गो देश र प्रदेशको नीति, कार्यक्रम, कानुन बनाउने विधायिकी नेतृत्वका लागि हुने आमनिर्वाचनमा मत माग्न घरदैलो पुगेका उम्मेदवारसँग मतदाताले माग्छन्– रासायनिक मल, बीउ, पानी। रामेछाप समाचारदाता नवराज श्रेष्ठका अनुसार रामेछापको मन्थली नगरपालिका–६, भलुवाजोरस्थित डाँडाखर्क गाउँमा ५८ घर दलित समुदायको बसोबास छ। यहाँको दलित समुदायलाई अहिले सबैभन्दा ठूलो समस्या खानेपानीको छ। २०५९ सालमा एक गैरसरकारी संस्थाले निर्माण गरिदिएको खानेपानी आयोजना २०७२ सालको भूकम्प र बाढीपहिरोले क्षति भएपछि मर्मत हुन सकेको छैन।
नेपाली काँग्रेस इलामका पुराना नेता भूपेन्द्र कट्टेल यतिबेला झलनाथ खनाललाई भोट माग्दै हिँडिरहनुभएको छ । खनाल जताजता चुनावी सभामा पुग्नु हुन्छ कट्टेल पनि तीनै सभामा पुगेर झलनाथ खनाललाई नै किन भोट दिने भनेर मतदातालाई आश्वस्त पारिरहनु भएको हुन्छ ।
आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मकवानपुर क्षेत्र नं. २ मा विगतमा एउटै पार्टीमा रहेर सहकार्य गरेका सहकर्मीबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ। प्रतिनिधि सभा सदस्यका लागि एक जना स्वतन्त्र र नौ जना दलका गरी १० जना उम्मेदवार रहेको सो क्षेत्रमा विगतमा नेकपा (एमाले)का नेता रहेका विरोध खतिवडालाई उतिखेर आफ्नै कार्यकर्ता रहेर सहयोग गरेका महेशकुमार बर्तौलाले कडा चुनौती दिनुहुँदै छ।
आगामी मङसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि भक्तपुर निर्वाचन क्षेत्र नं. १ मा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनलाई आधार मान्दा नेमकिपासँग अन्य दलको प्रतिस्पर्धा कमजोर हुने देखिएको छ। प्रतिस्पर्धी सबै दलले पाएको मत एकै ठाउँमा हाल्दा पनि नेमकिपाको मत धेरै हुने देखिन्छ। भक्तपुर निर्वाचन क्षेत्र नं. १ को भूगोल भक्तपुर नगरपालिका र चाँगुनारायण नगपालिकाको सबै भूभाग पर्छ।
बर्सेनि वृद्धि भइरहेको बेरुजु रकम सरकारी लेखा प्रणालीका निम्ति निकै चिन्ताको विषय बनिरहेको छ। यसबाट वित्तीय अनुशासनहीनता तथा दण्डहीनताको स्थितिसमेत सिर्जना भइरहेको छ। मुलुकको सरकारी लेखा प्रणालीलाई सही दिशामा निर्देशित गर्न बेरुजु विकृतिलाई नियन्त्रण गर्दै न्यूनीकरण गर्नु अति जरुरी पक्ष भइसकेको छ। बेरुजु भ्रष्टाचार नै त होइन तर सरकारी वित्तीय प्रणालीमा देखिएको विकृति हो र यसबाटै भ्रष्टाचारको मुख खुल्न सक्नेछ। नेपालका हरेकजसो सरकारी, अर्धसरकारी निकायका बेरुजु बर्सेनि घट्ने दिशामा छैनन्, क्रमशः बढ्दो क्रममा छन्। राज्यको आयस्रोत असाध्य सीमित हुँदै गइरहेको परिवेशमा वैदेशिक सहायताबाट सञ्चालित आयोजना बेरुजु विकृतिले दातृ निकायलाई निराश तुल्याउने खतरा बढेको छ।
नेपालको संविधान (२०७२) जारीपश्चात् पहिलो प्रतिनिधि सभा तथा प्रदेश सभाको कार्यकाल सकिएर दोस्रो कार्यकालका लागि आमनिर्वाचनको मिति नजिकिँदै गर्दा देशभर चुनावी सरगर्गी बढेको छ। संविधान जारीपश्चात् कार्यान्वयनमा लयबद्ध लोकतन्त्रसहितको सम्मुन्नत लोककल्याणकारी राज्य निर्माणको मार्गदर्शनमा अझै पनि विधिको शासनका विश्वस्त आधारहरू देखिँदैनन्। यो अवधिमा देशको सीमाभन्दा बाहिर बसेर सन्तुलित रूपमा बिना पूर्वाग्रह तथ्य र यथार्थलाई विश्लेषण गर्ने हो भने मुलुकले तय गरेको यात्रा औषत उपलब्धि र अधिक महìवकाङ्क्षामा अल्झिएको जस्ता देखिन्छन्। यस्तो सन्दर्भमा यसै चुनावबाट मुलुकको समुन्नति र सुशासनका आगामी एजेन्डाका लागि आमजनताले कस्ता सांसदको अपेक्षा गरेका छन् त यो नै अहिलेको मुख्य विषय हो।
अति गम्भीर प्रकृतिको अपाङ्गता भएका, शारीरिक वा मानसिक रूपमा अशक्त र बिरामी अवस्थाका बालबालिका नियमित विद्यालयमा जान सक्दैनन्। उनीहरूको धेरै बसाइ घरमा र बेलाबेलामा अस्पतालमा हुने गर्छ। यस प्रकृतिका बालबालिकालाई घरमा वा अस्पतालमा राख्न चिकित्सकले नै सल्लाह दिएका हुन्छन्। घरमा वा अस्पतालमा बस्ने अवधि छोटो भएको अवस्थामा बालबालिकालाई विशेष शैक्षिक सेवाको आवश्यकता पर्दैन। साधारणतया चार हप्ता भन्दा लामो समय घरमा बस्नु पर्ने प्रकृतिका बालबालिकाका लागि भने विशेष प्याकेजको सहायताबाट शिक्षा र तालिम दिइन्छ। विशेष अवस्थाका बालबालिकालाई घरमै दिइने शिक्षा भएकाले यस प्रकारको शैक्षिक प्याकेजलाई घरमा दिइने विद्यालयीय शिक्षा भनिएको हो। जन्मिएका सबै बालबालिकाले केही न केही सिक्न सक्छन्। उनीहरूमा सिकाइको मात्रा, सिक्ने गति र विधि भने फरक हुन सक्छन्।
राजधानी काठमाडौँको मौसम ठण्डा हुँदै गएका बेला देशभर चुनावी सरगर्मी ह्वात्तै बढेको छ। छ दिनपछि एकैसाथ हुने सङ्घ र प्रदेशको निर्वाचन संविधान सभाबाट संविधान जारी भएपछिको दोस्रो निर्वाचन हो। अघिल्ला चुनावमा जस्तै यस पटकको चुनावमा पनि दल र तिनका उम्मेदवारबीच मतदातालाई आफ्नो पक्षमा ल्याउन तँछाड मछाड भइरहेको छ। हुन त मतदातालाई आफ्नो पक्षमा ल्याउनका लागि प्रयास गर्नु स्वाभाविक हो। आवधिक निर्वाचन लोकतन्त्रको प्रमुख विशेषता हो। निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउँछ। त्यसैले संसारभरका लोकतन्त्रवादीको के विषयमा मतैक्यता छ भने कुनै पनि मुलुक कति लोकतान्त्रिक छ भन्ने कुरा त्यहाँको आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता र न्यायपालिकाको अवस्था हेरेपछि प्रस्ट हुन्छ। त्यसैले लोकतन्त्र सफल बनाउन स्वतन्त्र र निष्पक्ष निर्वाचन प्रमुख र अनिवार्य सर्त मानिन्छ। निर्वाचन आयोगका अनुसार ४ मङ्सिरको चुनावमा १८ वर्ष पू
नेपाल मधुमेह सङ्घको एक दशक पहिलेको तथ्याङ्कअनुसार सहरी क्षेत्रमा बसोवास गर्ने २० वर्षमाथिका एक चौथाइमा मधुमेहको रोग वा पूर्व मधुमेहको समस्या छ। यसो हुनुको प्रमुख कारणमा गुलियो र चिल्लो खाद्यपदार्थ सेवनलाई मानिएको छ। बढेको मधुमेहका कारण हृदयाघात, पक्षघात, मिर्गाैला, आँखा, रक्तनली तथा दाँत र मुखलगायतका बिरामी बढिरहेका छन्। मधुमेहले औसत १३ वर्र्ष आयु घटाउने भएकाले मधुमेहबाट जोगिनसके आयु १३ वर्ष बढ्छ। युरोप, अमेरिकामा भन्दा १० वर्षपहिलेको उमेरमा नेपालमा मधुमेह देखिइरहेको छ, ३० वर्ष नपुग्दै मधुमेही बन्ने दिन प्रतिदिन बढिरहेका छन्।
कञ्चनपुर भीमदत्त नगरपालिका–४ की स्थानीयवासी ललितादेवी भटट वर्षमा दुई पटक स्वास्थ्योपचारका लागि भारत जानुपर्छ। तर, आवतजावत गर्दा प्रायः सबै भारतीय सुरक्षाकर्मीको अनावश्यक ज्यादतीको झमेला भोग्नुपर्छ। यस पटकको निर्वाचनमा सीमावर्ती बजारदेखि दिल्लीसम्म जाँदा भोग्नुपर्ने झन्झटको कूटनीतिक समाधान निकाल्ने उम्मेदवारलाई मतदान गर्ने पक्षमा उहाँ हुनुहुन्छ। उहाँले भन्नुभयो, “हरेक उम्मेदवारलाई मैले भारत आवतजावत गर्दा नेपालीले पाउने सास्ती अन्त्य हुन्छ कि हुँदैन भनेर सोध्ने गरेकी छु। मलाई चित्त बुझ्ने उत्तर दिने उम्मेदवारलाई भोट हाल्छु।”
जिल्लाको सदरमुकामसमेत रहेको फिदिम नगरपालिका–१ मा पर्ने नाम्दु र ढोडेनी टोलका स्थानीय बासिन्दा छिटो बजार पुग्ने बाटो खुलेको देख्न चाहन्छन् । ढोडेनीबाट फिदिम–नाङ्लपा सडकसम्म नयाँ ट्र्याक खोल्नुपर्ने माग स्थानीयवासीले उठाएको धेरै भयो । यहाँसम्म मेची राजमार्गको रमितेबाट सडक पुगे पनि घुमाउरो परेपछि स्थानीयवासी बाटो ‘उल्टो’ भएको बताइरहेका छन् ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि इलाममा सुरक्षा तयारी पुरा भएको छ । जिल्लामा एकीकृत जिल्ला सुरक्षा योजना तयार गरी निर्वाचनका लागि आवश्यक सबै तयारी पुरा गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले बताउनुभयो ।