विगतका निर्वाचनको तुलनामा निर्वाचन आयोगले यस पटक धेरै पक्षलाई सुव्यवस्थित गरेको छ। आचारसंहितालाई प्रभावकारी बनाउँदै राजनीतिक दल र उम्मेदवारलाई मतदातासमक्ष पुग्न समयतालिकालाई मितव्ययी र मर्यादित बनाउने प्रयास गरेको छ। त्यसैको फलस्वरूप मतदानको १७ दिनअघि मात्र प्रचारप्रसारका निम्ति खुला गरेको छ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदान अर्थात् मङ्सिर ४ आउन १७ दिन बाँकी रहँदा बिहीबारदेखि नयाँ चरण आरम्भ भएको छ। नयाँ चरणअन्तर्गत राजनीतिक दल र उम्मेदवारले बिहीबारदेखि आम
विश्व बजारमा अमेरिकी डलरको मूल्य बढ्दै गएको छ। त्यसैले डलरको महìव झन् बढ्दो छ। नेपालजस्ता अति कम विकसित मुलुकको अर्थतन्त्र आत्मनिर्भर नहुने र खाद्यान्न, लत्ताकपडालगायत औषधि र कच्चा पदार्थसमेत आयात गर्नुपर्ने बाध्यताकै कारण अमेरिकी डलरको सञ्चितिमा चाप पर्छ। हाम्रो अर्थतन्त्र आत्मनिर्भर छैन र अधिकांश वस्तु आयात गर्नु परिरहेको छ। आयातमा वृद्धि र निर्यातमा कमी हुँदा शोधनान्तर घाटा बढिरहेको छ। २० खर्बको आयात हुँदा केवल दुई खर्ब मात्र निर्यात गर्छौं कसरी देशको अर्थतन्त्र आत्मनिर्भर हुन सक्छ ?
आगामी मङ्सिर ४ गते प्रतिनिधि सभा सदस्य र सातवटै प्रदेशमा प्रदेश सभा सदस्यको दोस्रो कार्यकालका लागि निर्वाचन हुँदैछ। यसका लागि सबै राजनीतिक दल आ–आफ्नो राजनीतिक हैसियतअनुसार चुनावी मैदानमा प्रतिस्पर्धा गर्दैछन्। लोकतन्त्रमा आवधिक निर्वाचनको महìवपूर्ण भूमिका रहन्छ।
शान्ति हिंसा विरुद्ध सन्देश दिने उद्देश्यले पाँचथरस्थित आगेजुङ साङ्छ्यो गुम्बाका बौद्ध गुरुहरूले मौन व्रत बसेका छन् ।
सरकारी निकायप्रतिको विश्वसनीयता जोगाउनु मुलुकको वर्तमान चुनौती हो। सेवा प्रवाहका माध्यमले सरकारले जनतासमक्ष आफ्नो चिनारी दिएको हुन्छ। सेवा प्रवाह गुनासारहित हुँदा मात्र सरकार जनताप्रति जिम्मेवार र जवाफदेही भएको मान्न सकिन्छ। सेवा केन्द्रमा रहेका कर्मचारीले आफ्ना सोच, व्यवहार र प्रवृत्तिलाई इमानदारितासँग तादात्म्यता कायम गर्न सकेको अवस्थामा मात्र सरकारी निकायको विश्वसनीय
यसपालि शुक्र अस्तसँगै सूर्य र चन्द्र दुई ग्रहण यसै कात्तिक महिनामा र हरिबोधिनी एकादशी आज (शुक्रबार) परेको छ। तुलसी विवाह र चार नारायणसँग जोडिएको यो पर्व हाम्रा लागि निकै पावन दिन मानिएको छ। गत आषाढशुक्ल हरिशयनी एकादशी तुलसी रोपणसँगै सुरु भएको चतुर्मास व्रत समापन पनि यसै हरिबोधिनी एकादशीमा गरिन्छ।
चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले उत्पादन गरेको २२ मेगावाट बिजुली भारत निर्यात हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले थप बिजुली भारत निर्यातका लागि अनुमति प्राप्त भएको जानकारी दिनुभयो । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले चिलिमे जलविद्युत्् कम्पनीको बिजुली निर्यातका लागि यही कात्तिक १४ गते अनुमति प्राप्त भएको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रदेशभित्र आवश्यक निर्वाचनलक्षित सुरक्षा तयारी पूरा गरेको छ । प्रदेश प्रहरी कार्यालयले कार्यालयमातहतका जिल्लामा सुरक्षा रणनीति तथा परिचालनसम्बन्धी योजना तयार गरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न विशेष तयारी गरेको जनाएको छ ।
काठमाडौँ उपत्यकासँग जोड्ने अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–धुलिखेल सडकखण्डको १६ किलोमिटर सडक विस्तारको काम सुरु हुने भएको छ । एक दशकभन्दा बढी समयदेखि नेपाल सरकारको प्राथमिकतामा परेर विभिन्न कारणले विस्तार हुन नसकेको सूर्यविनायक–धुलिखेल सडक निर्माणको काम सुरु हुने भएको हो ।
पर्यटक बढेपछि सोलुखुम्बुको पर्यटकीय क्षेत्रमा पर्ने तेन्जिङ हिलारी (लुक्ला) विमानस्थलमा जहाजको उडान अवतरण बढेको छ । यो विमानस्थलमा अहिले दैनिक हवाईजहाजका ३० भन्दा बढी र हेलिकोप्टरका एक सयभन्दा बढी अवतरण हुने गरेका छन् ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन नजिकिँदै गर्दा दलहरूले समानुपातिकतर्फको मत संरक्षण गर्न आन्तरिक रणनीतिमा लागेका छन् । विशेष गरी गठबन्धन बनाएर निर्वाचनमा होमिएका दलहरूले प्रत्यक्षतर्फको मत गठबन्धनकै साझा उम्मेदवारसँगै समानुपातिकतर्फको मत भने आ–आफ्नो दललाई माग्ने गरेका छन् । नेकपा (एमाले), राप्रपा र जनता समाजवादी पार्टीलगायत दलको तर्फबाट साझा उम्मेदवार छैनन् ।
मधेश प्रदेशको प्रतिनिधि सभा सदस्यको १५ वटा निर्वाचन क्षेत्रमा महिलाको उम्मेदवारी नै छैन। मधेश प्रदेशका छवटा जिल्लाका १५ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवारी शून्य रहेको निर्वाचन आयोगले जनाएको छ। यहाँ आठवटा जिल्लामा ३२ वटा प्रतिनिधि सभा र ६४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र छन्। प्रत्येक जिल्लामा चार/चारवटा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत नखुलेको रकमसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रयोजनका लागि भारत सरकारले निर्वाचन आयोगलाई ८० वटा सवारीसाधन प्रदान गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार सवारीसाधन हस्तान्तरण गर्नुभयो ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक व्यवस्था र राष्ट्रिय आवश्यकताका आधारमा सत्तारूढ दलबीच गठबन्धन भएकाले जनताद्वारा अनुमोदन हुने बताउनुभएको छ।