नेकपा (एमाले) का नेता तथा सांसद महेश बस्नेतले कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न युवा पुस्ताले लगानी गर्नुपर्ने बताउनुभएको छ ।
कोभिड व्यवस्थापन समिति कपिलवस्तुले कोरोना संक्रमण दरलाई न्यूनिकरण गर्न स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न व्यवस्थापन समितिको बैठकले सो आग्रह गरेको हो ।
‘अब्सट्रयाक्ट’ कलाका पर्यायजस्तै कलाकार किरण मानन्धरको ‘समर्पण’ शीर्षक चित्रकला प्रदर्शनी सिद्धार्थ आर्ट ग्यालरीमा भइरहेको छ । यद्यपि, किरणका कलाका पारखीका लागि यसपटक फरक स्वाद मिल्ने छ ।
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ ।
भारतमा आजदेखी सुरु भएको यू–२० साफ च्याम्पियनसिप फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ । भुवनेश्वर स्थित कालिंगा रंगशालामा सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोलले हरायो । नेपालको जितमा दीपेश गुरुङ, सुगम सुवाल, क्रितिशरत्न छुन्जु र मनग्य नकर्मीले एक एक गोल गर्नुभयो ।
सर्वोच्च अदालतले कमल थापा अध्यक्ष रहनुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई ‘गाई’ चुनाव चिह्न प्रदान नगर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापा सोमबार विहान १० बजेतिर नगरभित्र सञ्चालित महेन्द्र माध्यामिक विद्यालयमा आकस्मिक निरीक्षणमा पुग्नुभयो । निरीक्षण टोलीले हाजिर रजिष्टर हेर्दा आठ जना मात्रै शिक्षक उस्थित हुनुहुन्थ्यो ।
पछिल्लो २४ घण्टामा ५६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार आठ कोरोना परीक्षण गर्दा ५६८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
भारतको भुवनेश्वरमा जारी यू–२० साफ च्याम्पियनसिप फुटबलमा नेपालले अहिले उद्घाटन खेलमा माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । खेलको पहिलो हाफमा नेपालले १–० गोलको अग्रता समेत लिएको छ ।
सप्तरीका स्थानीय तहबाट करार कर्मचारी हटाउँदा यहाँको कामकाज प्रभावित भएको छ । स्थानीय तहको निर्वाचनपछि नयाँ जनप्रतिनिधि आउँदा उहाँहरुले करारका कर्मचारी हटाउनुभएको हो । यहाँको हनृमाननगर, डाक्नेश्वरी, तिलाठी कोइलाडी, रुपनी, कञ्चनरुप लगायतका पालिकामा सृचना निकालेरै करारको कर्मचारी हटाउँदा स्थानीय तहहरुको कामकाज प्रभावित भएको छ ।
नेपाल टी–२० लिगमा सहभागी टोली लुम्बिनी अल स्टार्सले आफ्नो लोगो सार्वजनिक गरेको छ । लुम्बिनीले सोमबार काठमाडौंमा आयोजित कार्यक्रमबीच टोलीको आधिकारिक लोगो सार्वजनिक गरेको हो । लोगोमा लुम्बिनी झल्किने गरेर बनाइएको छ ।
बैंक तथा वित्तीय संस्था परिसघका अध्यक्ष पवन गोल्यानले आर्थिक वर्ष २०७९/०८० को लागि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले बैंकहरुको नाफा घटाउने बताउनुभएको छ ।
रुपन्देहीको सियारी गाउँपालिका वडा नं २, च्याङ्गठामा पशु हाटबजार सञ्चालनमा आएको छ । विश्व बैँकको पाँच करोड ऋण अनुदानमा हाटबजार तयार भएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले हाटबजारको उद्घाटन गरेसँगै सञ्चालनमा आएको छ ।
काठमाडौं, साउन ९ गते । दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म 'छक्का पन्जा ४' शुभमुहूर्त गर्दै छायाङ्कन सुरू गरिएको छ। सोमवार भक्तपुरस्थित सूर्यविनायक मन्दिरमा फिल्मको शुभमुहूर्त गर्दै छायाङ्कन सुरु भएको हो । 'आमा सरस्वती मुभिज'को ब्यानरमा निर्माण हुने फिल्मका निर्देशक हेमराज बिसी हुनुहुन्छ । यसअघिका छक्का पन्जाका सिरिज भने दीपाश्री निरौलाले निर्देशन गर्नुभएको थियो । फिल्मका कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा हुनुहुन्छ । फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदार घिमिरे (माग्रे बुढा),नीर शाह, निर्मल शर्मा, राज आचार्य लगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ ।फिल्म आगामी दशैँ वा तिहारमा प्रदर्शन गर्ने निर्माण टिमले जनाएको छ ।
प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौं–तराई/मधेश द्रुतमार्गको काम निर्धारित समयमा सम्पन्न गर्नेगरी कार्ययोजना बनाउन निर्देशन दिएको छ ।