शिक्षा ऐन, २०२८ को दफा १६ (ङ)मा सामुदायिक विद्यालयका शिक्षकको पेसागत हक हितको सम्बन्धमा कार्य गर्न एक शिक्षक महासङ्घ र सो महासङ्घको केन्द्रीय तथा जिल्लास्तरको गठन र निर्वाचनको सम्बन्धमा उल्लेख छ ।यसबाट यो स्पष्ट हुन्छ कि शिक्षक महासङ्घ सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको पेसागत हकहितको सुरक्षाका लागि स्थापित एक मात्र वैधानिक संस्था हो, जसले सामूहिक रूपमा सामूहिक सौदाबाजीमार्फत उनीहरूको आपसी हितहरूको संरक्षण र संवद्र्धनको प्रत्याभूति दिन्छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. १० स्थित खैराहाझोडाका किसान हरेक वर्ष आफ्नो खेतमा रोपाइँ गर्न जाँदा ज्यान जोखिममा पार्न बाध्य छन् । घर र खेतको बीचमा बग्ने त्रियुगा नदी वारपार गर्न झोलुङ्गे पुल छैन । रोपाइँको समयमा हरेक साँझ बिहान त्रियुगाको बाढी तर्नुपर्दा खैराहाका किसानको ज्यान जोखिममा पर्छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल असंलग्न परराष्ट्र नीतिप्रति दृढ रहेको बताउनुभएको छ । उहाँले असंलग्न परराष्ट्र नीति नै मुलुकको हितमा रहेको स्पष्ट पार्नुभयो । नेपाल–रुस कूटनीतिक सम्बन्ध स्थापनाको ६६औँ वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित ‘नेपाल–रुस सम्बन्धः
झापामा सुपारी खेती विस्तार र प्रवद्र्धनका लागि सहयोग हुन थालेपछि सुपारीको उत्पादन बढ्न थालेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७८/७९ मा सुपारीको उत्पादन ९ दशमलव २० प्रतिशतले वृद्धि भएको हो । सुपारीको व्यावसायिक खेती गरिरहेका किसानले उचित मूल्य पाउन थालेसँगै सुपारी खेतीमा आकर्षण पनि बढेको हो ।
ज्येष्ठ नागरिकमाथिको हेरचाह र पालनपोषणलाई सन्तानको बाध्यकारी दायित्व बनाउँदै सङ्घीय संसद्ले ज्येष्ठ नागरिक ऐन संशोधन विधेयक पारित गरेको छ । राष्ट्रिय सभाले २०७५ फागुनमा पारित गरेको विधेयक प्रतिनिधि सभाले बुधबार पारित गरेको हो । पारित विधेयकको सन्देश अब राष्ट्रिय सभामा जानेछ । प्रतिनिधि सभाले गरेको संशोधन स्वीकार भएमा विधेयक प्रमाणित र प्रमाणीकरणको प्रक्रियामा जानेछ । माथिल्लो सदनले संशोधन अस्वीकार गरेमा विधेयक संयुक्त सभामा पेस हुनेछ ।
बैतडीको पाटन बजार क्षेत्रसँगै रहेको विमानस्थल र धानखेतीको हरियाली फाँट । तस्बिर : विनोदसिंह/रासस
बाजुराको बूढीगङ्गामा नदीमा आएको बाढीले बडिमालिका नगरपालिका वडा नम्बर २ को भौनेरामा दुई घर बनाएपछि पीडितको बिचल्ली भएको छ। गत मङ्गलबार बूढीगङ्गामा नदीमा आएको बाढीले घर बगाएपछि अहिले दुई परिवार विचल्ली भएका हुन्।
बनेपा, साउन ४ गते। काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ का दुई बालक बुधबार सुनकोसी नदीले बगाएर बेपत्ता भएका छन्। तेमाल गाउँपालिकाको वडा नम्बर २ स्थित लामबगरमा बुधबार दिउँसो पौडी खेल्ने क्रममा नदीले बगाएर उनीहरू बेपत्ता भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार बेपत्ता हुनेमा तेमाल गाउँपालिका–३ चौथली बस्ने सोम माझीको छोरा वर्ष ११ को समीर माझी र सोही ठाउँका कुलबहादुर माझीको छोरा वर्ष ८ को कान्छो माझी रहेका छन्। पौडी खेल्ने क्रममा बगाएर बेपत्ता भएको दुई बालकको खोजीकार्य जारी रहेकोमा अझैसम्म पनि फेला नपारेको प्रहरी नायब उपरीक्षक खतिवडाले बताउनुभयो। बेपत्ता बालकको खोजीकार्यको लागि प्रहरी टोली खटाएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। रासस
काठमाडौं, साउन ४ गते। 'मेरी मायलु' बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा गायक अर्जुन थापा र भिमु गुरुङको स्वर समेटिएको छ। उक्त गीतको म्युजिक भिडियोमा सुजता बस्याल, प्रेमिका शर्मा, भन्सिका शर्मा र शेरबहादुर डिसीले अभिनय गर्नुभएको छ। डीसी एक्सन मिडियाका सञ्चालकसमेत हुनुहुन्छ। भिडियोको छायांकन र सम्पादन सुशील डाँगीले गर्नुभएको हो भने निर्देशनसमेत डिसी स्वयमले गर्नुभएको छ।
राजु लामिछानेरुकुमपूर्व, साउन ४ गते। रुकुमपूर्वको भूमे गाउँपालिका १ लुकुम गाउँमा झाँक्री नाच मेलाको रौनकता सुरु भएको छ। मंगलबारदेखि सुरु भएको झाँक्री नाच आगामी शनिबारसम्म चल्ने बताइएको छ। लुकुममा हरेक वर्षको साउने संक्रान्तीमा झाँक्री नाच नाचिन्छ। झाँक्री नाचलाई ‘राके तिवार’ अर्थात् ‘झाँक्री राम’ पनि भनिन्छ। साउने संक्रान्तीलाई मगर बाहुल्य क्षेत्रमा तिवार र राँके पर्वको रुपमा भव्य रुपले मान्ने गर्दछन्। यसै अवसर पारेर लुकुम गाउँमा हरेक वर्षको साउन महिनाको पहिलो हप्तामा पर्ने मंगलबार र शनिबारमा जुन बार पहिला पर्छ, त्यसै बारदेखि सबै थरका झाँक्रीहरू मिलेर झाँक्री मेला मान्ने गर्दछन्। स्थानीय मगर सांस्कृतिक अभियान्ता तिलक मगरका अनुसार यो चलन लामो समयदेखि चल्दै आएको छ। झाँक्रीहरूले एक अर्काको ग्रहदशा हेराहेर गर्ने गर्दछन् भने गाउँका युवायुवती, राम्चेहरू (मेला हेर्नेहरु) र झाँक्रीका चुन्मी (सहयोगी) वा भान्जका बीचमा एकअर्कालाई सिस्नो हानाहान गरेर रमाइलो गर्ने परम्परा रहेको स्थानीय सुनिल रोकाले बताउनुभयो।
थाइल्यान्डको बैंककमा साउन ८ देखि १५ गतेसम्म आयोजना हुने ३५औं किङ्स कप विश्व सेपाकताक्रो च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ ।
प्रहरीले श्रोत नखुलेको ४१ लाख ५५ हजार रुपियाँसहित एक जना भारतीय युवकलाई नियन्त्रणमा लिएको छ।
देशका विभिन्न अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिएकोप्रति नेकपा (एमाले) ले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले बुधबार विज्ञप्ती जारी गर्दै आमनागरिकले सहज ढंगबाट बीमाको उपयोग गर्न पाउनुपर्ने उल्लेख गर्नुभएको छ ।
रोपाइँ गरेर धानबालीका लागि पानी पर्खेका किसानलाई धेरै राहत भएको छ । बुधबार बिहानैदेखि मुसलधारे वर्षा भएपछि कैलालीका किसानलाई राहत महसुस भएको हो ।