• १४ असार २०८१, शुक्रबार

सेपाकताक्रो टोली थाइल्यान्ड जाँदै

blog

विदाई कार्यक्रममा सेपाकताक्रो टोली । तस्बिर : राखेप

काठमाडौं, साउन ४ गते । थाइल्यान्डको बैंककमा साउन ८ देखि १५ गतेसम्म आयोजना हुने ३५औं किङ्स कप विश्व सेपाकताक्रो च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ । १० खेलाडीसहित १७ सदस्यीय नेपाली टोलीलाई बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले विदाई गर्नुभयो । 

नेपाली टोली बिहीबार थाइल्यान्ड प्रस्थान गर्नेछ । विश्वकपमा सहभागी हुने पुरुष खेलाडीहरुमा रोशन तामाङ, रविन भट्टराई, विजय महतो, विपिन थनेत र राजीव कलाखेती हुनुहुन्छ । महिला खेलाडीहरुमा सुमित्रा डंगोल, उषा महर्जन, सोममाया थापा मगर, चन्द्रा चौधरी र इनु चौधरी हुनुहुन्छ । 

प्रशिक्षकमा क्षितिजकुमार धामी र सीता सुवेदी तथा टोली प्रमुखमा नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङ, व्यवस्थापकमा लोकमणि आत्रेय,  निर्णायकमा मेघराज तोलङ्की, अफिसियलमा ध्रुवबहादुर गुरुङ र आईटीओ/अफिसियलमा नेसिर मास्के रहनुभएको छ ।