अरनिको राजमार्गको धुलिखेलदेखि खावा सडकखण्डको चार किलोमिटर सडक स्तरोन्नति तथा सडक विस्तार कार्य सुरु भएको १० महिना बितिसक्दा पनि लक्ष्यअनुसारको काम नभएपछि निर्माण व्यवसायीसँगको सम्झौता रद्द गर्न दबाब बढेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले मङ्गलबार सडकको कामको विषयमा आयोजना गरेको सर्वपक्षीय बैठकमा काममा ढिलाइ गर्ने निर्माण व्यवसायीसँगको सम्झौता तोड्नुपर्ने धारणा आएका हुन् ।
नयाँ वर्षको साइत पारेर शुक्रबार तीन नयाँ चलचित्र प्रदर्शनमा आएको छ। ‘जारी’, ‘बिहे पास’ र ‘बुलाकी’ वैशाख १ गतेदेखि प्रदर्शनमा आएका छन्। ‘जारी’ उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र हो। चलचित्रमा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुष्कर गुरुङलगायतको अभिनय छ।
नाटक ‘उर्वशी सूक्त’ मञ्चन तयारी पूरा भएको छ। पोखरा थिएटरको प्रस्तुतिमा तयार हुने यो नाटक नेपाली नयाँ वर्षका अवसरमा वैशाख १ देखि ११ गतेसम्म मञ्चन हुनेछ। पोखरा थिएटरको गन्धर्व नाटकघरमा सोमबारबाहेक दैनिक साँझ ५ बजे मञ्चन हुने नाटकको लेखन तथा निर्देशन शिव सङ्कल्पले गर्नुभएको हो। शनिबार अतिरिक्त मञ्चन दिउँसो १ बजे पनि हुनेछ। विद्यार्थीलाई लक्षित गरेर सोमबार भने दिउँसो २ बजे नाटक मञ्चन गरिने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जनाउनुभयो। नारी शक्तिलाई केन्द्रमा राखेर बुनिएको नाटक दर्शकका लागि नयाँ स्वाद हुने उहाँको दाबी छ। नाटकमा दिलप्रसाद गुरुङ, रोशन तिमिल्सिना, सुशील बराल, रोशन पोखरेल, रमेशबाबु तिमल्सिना, दिप्सना विश्वकर्मा, रञ्जु दाहाल, एलिजा बुढाथोकी, धनकाजी श्रेष्ठ, अनुशा परियार, प्रियङ्का खड्का, राजेन्द्र अधिकारी, प्रतीक घिमिरेको अभिनय रहेको छ।
गृह मन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिबीचको पाँचौँ पटकको वार्ता निष्कर्षविहीन टुङ्गिएको छ। बिहीबार गृह मन्त्रालयमा बसेको वार्तामा समितिको छबुँदे मागमा पूर्ण सहमति हुन जुट्न नसक्दा वार्ता निष्कर्षहीन भएको हो। वार्ता टोलीका संयोजक एवं गृह मन्त्रालयका सहसचिव प्रदीप कोइरालाले भन्नुभयो, “कानुन संशोधन गर्नेलगायतका नीतिगत निर्णय सरकारले गर्दा अदालतबाट फैसला भएर कार्यान्वयनमा गएको विषयलाई तत्काल सरकारले केही गर्न सक्ने कुरा भएन, यही विषयमा असहमति भइरहेको छ।”
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा आफूविरुद्ध दायर भएको रिट निवेदनमा लिखित जवाफ पेस गर्दै रिट निवेदन खारेज गर्न अनुरोध गर्नुभएको छ। महान्यायाधिवक्ता कार्यालयमार्फत आज सर्वोच्च अदालतमा बुझाइएको प्रधानमन्त्रीको १३बुँदे लिखित जवाफमा उहाँले आफूविरुद्ध दायर गरिएको रिट निवेदनमा कुनै पनि संवैधानिक आधार र कारण नभएकाले खारेज गर्नुपर्ने उल्लेख गर्नुभएको हो।
प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन माग गर्दै नेपाल बार एसोसिएसनका पदाधिकारीसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ । संवैधानिक परिषद्का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डसँग भेटेर टोलीले सर्वोच्च न्यायालयको नेतृत्वसहित अन्य न्यायाधीश नियुक्तिका लागि कानुनी बाटो खोलिदिन आग्रह गरेको हो । प्रतिनिधि सभामा विचाराधीन विधेयक पारित गरेर प्रक्रिया तत्काल अघि बढाउन बार पदाधिकारीसहितको टोलीले प्रधानमन्त्रीलाई आग्रह गरेको छ । प्रधानमन्त्री प्रचण्डले चाँडै प्रक्रिया सुरु गर्ने आश्वासन बारको टोलीलाई दिनुभएको छ ।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायालय सुधारका प्रयासहरूलाई सार्थक र परिणाममुखी बनाई सक्षम, सुदृढ र भरोसायोग्य न्यायप्रणालीको स्थापना र विकास गर्न नयाँ वर्षमा सफलता मिलोस् भन्ने कामना गर्नुभएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नयाँ वर्षले देशमा दीगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिका लागि नयाँ जोश, जाँगर, उत्साह थप्ने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाल लेखक सङ्घले राष्ट्रिय लेखक पुरस्कार वरिष्ठ कवि एवं संस्कृतिविद् वैरागी काइँलालाई प्रदान गर्ने निर्णय गरेको छ। सङ्घले पहिलो पटक प्रदान गर्न लागेको यो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको सङ्घले जानकारी दिएको छ। सङ्घले आगामी वैशाख १६ गते राष्ट्रिय लेखक दिवस मनाउने र सोही अवसरमा पुरस्कार प्रदान गर्ने जनाएको छ।
मलेसियामा रहेको नेपाली दूतावासले २०८० साल वैशाख १५ गतेदेखि पुनः श्रम स्वीकृति सेवा सुरु गर्ने भएको छ । दूतावासका अनुसार मलेसियामा र ब्रुनाईका विभिन्न सहरमा श्रम स्वीकृति नवीकरण गर्न बाँकी रहेका नेपाली श्रमिकका लागि आउँदो वैशाख १५ देखि पुनः श्रम स्वीकृति सेवा सुरु गर्ने तयारी गरेको हो । दूतावासबाट पुनः श्रम स्वीकृति लिनका लागि सबैभन्दा पहिला वैदेशिक रोजगार विभागको वेबसाइटमा गई फेमिस सिस्टमबाट अनलाइन आवेदन दिनुपर्छ । दूतावासका अनुसार विदेशमा रहेका नेपालीले पुनः श्रम स्वीकृति लिँदा अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्छ । त्यसका लागि कोषको
सभामुख देवराज घिमिरेलेराजनीतिक नेतृत्वले समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउन विशेष योजना, मार्गचित्र निर्माण गरी कार्यारम्भ गर्न जरुरी रहेको बताउनुभएको छ ।
नयाँ संविधान निर्माण र सङ्घीय संरचना लागू भएका कारण ७० को दशक जति सम्झनलायक बन्यो भूकम्प, नाकाबन्दी र कोरोना सङ्क्रमणका कारण त्यति नै बिर्सनलायक पनि । लामो सङ्क्रमणकालपछि राजनीतिले समाएको लयका कारण आर्थिक प्रगतिको जुन आमअपेक्षा सुरुका वर्षमा थियो, दशकको पछिल्तिर भने त्यो विस्तारै कमजोर बन्यो ।
भरतपुर महानगरपालिकाका मुख्य दुई सडकमा ३३ केभी विद्युत्का तार भूमिगत गर्ने काम तीव्र गतिमा भएको छ। भरतपुरको भोजाडमा रहेको सबस्टेसनबाट बाइपास सडक हुँदै पूर्व–पश्चिम राजमार्गको गोन्द्राङसम्मको साढे चार किलोमिटर क्षेत्रमा तार बिछ्याउनका लागि पाइप राखिसकिएको छ। नारायणगढको पुलचोकदेखि बसपार्कसम्म सडकको दायाँबायाँ आँपटारीदेखि बाइपास सडकको दायाँबायाँ र बसपार्कदेखि गोन्द्राङसम्म एकातर्फ मात्र गरेर २३ किलोमिटर क्षेत्रमा तारलाई भूमिगत गरिँदै छ।
दोलखाको वैतेश्वर गाउँपालिका–४, काब्रे ठूलोवनको शेर्पा गाउँ हिजोआज सुनसान बनेको छ। २०७२ सालको भूकम्प जानुअघि गाउँमा १९ घरपरिवार बसोबास गर्दै आएकामा अहिले चार घरपरिवार मात्रै छन्। ठूलोवनको शेर्पा गाउँमा बसोबास गर्ने १५ घरपरिवारले भूकम्पपछि पुख्र्यौली थलो छाडेका हुन्। गाउँका धेरै जना सहर र विदेश पस्दा गाउँ रित्तै बनेको स्थानीय दानिमा शेर्पाले बताउनुभयो। यो टोलमा उहाँ एक्लै हुनुहुन्छ। परिवार र गाउँका सबै काठमाडौँ र नजिकका सहर लागेपछि आफू एक्लै बस्दै आएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “टोलमा भूकम्पपछि बनेका चारवटा घर अहिले रित्तै छन्। सुविधा खोज्दै नयाँ पुस्ता सहर लागे। अहिले गाउँमै भएका सुविधा र विकासको उपयोग गर्ने मान्छे नै छैनन्। दुई/चार जना बुढेसकाल लागेका दाजुभाइ मात्रै गाउँमा छन्।”
लगानी बोर्ड नेपालले पाँच जलविद्युत् आयोजना निर्माणका लागि एक खर्ब ६७ अर्ब ५९ करोड रुपियाँको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बिहीबार बसेको बोर्डको ५३औँ बैठकले एक खर्ब ४६ अर्ब २२ करोड वैदेशिक र २१ अर्ब ३७ करोड स्वदेशी गरी कुल एक खर्ब ६७ अर्ब ५९ करोड रुपियाँ बराबरको लगानी स्वीकृत गरेको हो ।