राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई विभूषण प्रदान गर्नुभएको छ ।
देशकै प्रसिद्ध धार्मिक स्थल पूर्वी नवलपरासीको गैंडाकोटमा रहेको मौलाकालिका मन्दिरमा आजदेखि मौलाकालिका केवलकार सञ्चालनमा आएको छ।
महालेखापरिक्षक कार्यालयको ६० औँ वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्षभन्दा ५३ लाख ११ हजार बढेर २६ करोड ५७ लाख २८ हजार बेरुजु बढी देखिएको हो ।
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्न निर्देशन गर्नुभएको छ ।
हाल नेपालको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनमा रहेको नेपालको एक मात्र रेल सेवा नेपाल रेल्वे शुक्रबारदेखि दिनको चार पटक आवतजावत गर्दै सेवा विस्तार गरेको हो ।
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आएएफआरसी) र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उच्च पदाधिकारीबीचमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा थप आपसी समन्वय र सहकार्य गर्दै जाने भएका छन् ।
खाद्य सम्प्रभुता, कृषि रूपान्तरण र किसानको अधिकार सुनिश्चतका लागि भएको दक्षिण एशियाली क्षेत्रीय सम्मेलन विभिन्न मागसहितका घोषणापत्र सार्वजनिक गर्दै सम्पन्न भएको छ ।
नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक र समुन्नत नेपाल निर्माणमा अगाडि बढ्न नयाँ वर्ष सबैका लागि प्रेरणादायी बन्न सकोस् भन्नुभएको छ ।
नयाँ वर्षको अवसरमा भैरहवामा संस्कृति रक्षाका लागि दौड प्रतियोगिता गरिएको छ ।
हतियारसहित वन क्षेत्र प्रवेश गरेका अवैध सिकारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बर्दिबास १४ नमुना वस्तीका ४९ वर्षीय भीम भन्ने गणेशबहादुर मगरलाई सागरनाथ वन विकाश परियोजनाअन्र्तगत पर्ने हात्तीलेटको जङ्गलबाट बिहीबार साँझ नियन्त्रणमा लिएको हो ।
नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले आपसी मतभेद अन्त्य गर्न र एकता मजबूद बनाउन आज धनगढीमा आफ्ना नेता तथा कार्यकर्तालाई सिस्नो लाउने भएको छ ।
देशका अन्य पालिकाभन्दा भौतिक पूर्वाधारमा अग्रणी देखिएको भरतपुर महानगरको बेरुजु निकै कम रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६०औँ प्रतिवेदनमा छवटा महानगरमा सबैभन्दा कम बेरुजु भरतपुरको रहेको उल्लेख छ ।
उत्तर कोरियाले बिहीबार ठोस इन्धनयुक्त अन्तरमहाद्विपीय क्षेप्यास्त्र (आइसिबिएम) प्रक्षेपण गरेको दाबी गरेको छ । उक्त क्षेप्यास्त्र हालसम्म गरिएका प्रक्षेपणभन्दा सबैभन्दा शक्तिशाली हो ।
नयाँ वर्षको अवसरमा तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । नयाँ वर्षको अवसरमा शुक्रबारदेखि ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ प्रदर्शनमा आएका हुन् । यसअघि ‘नाई नभन्नु ल–६’ पनि प्रदर्शन हुने भए पनि जाँचपास नभएपछि वैशाख १५ गतेका लागि नयाँ मिति तय गरेको छ ।
नयाँ वर्षको अवसरमा पशुपतिनाथलगायत राजधानीका मुख्य–मुख्य मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ ।