गाउँमुनीबाट पोहर–परारै पहिरो गएको छ । गाउँमाथिबाट पुरै डाँडा खस्ने अवस्थामा छ । आकासको गड्याङ्ग गुडिङ्ग र वर्षाका कारण रातभर सायल–४ भल्माका स्थानीयहरु रातभर सुत्नै सक्दैनन् ।
जग्गा अधिग्रहण भएको झन्डै ४७ वर्षपछि पोखरा बसपार्कका रूप फेरिन लागेको छ । पोखरा उपत्यका नगरविकास समितिको स्वामित्वमा रहने गरी २०३२ सालमा जग्गा अधिग्रहण गरिएको हो । पूर्वमा सेती नदी, पश्चिम ढिकैढिक भएर बैरागी बन जाने बाटो, दक्षिण एयरपोर्टको तारबार र उत्तरमा पृथ्वी राजमार्गभित्रको २०५ रोपनी जग्गा ८१ रोपनीमा खुम्चिएको छ । व्यवस्थित बसपार्क निर्माणका लागि नाली र ग्राबेल गरी सम्याउने काम अगाडि बढेको छ ।
लगातार रुपमा सक्रिय बनेको मनसुनी प्रणाली आइतबारदेखि सामान्य बनेको छ । देशभर मनसुनी वायुको प्रभाव सामान्य हुँदा भारी वर्षाको सम्भावना टरेको छ ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विभिन्न समुदायका चाडपर्व र धर्म–संस्कृतिले राष्ट्रिय एकतालाई बलियो बनाएको बताउनुभएको छ ।
दोलखाको शैलुङ गाउँपालिका र मेलुङ गाउँपालिका जोड्ने अँधेरी खोलामा करिब ४७ लाख रुपियाँको लगानीमा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । संङ्घीय सरकारको ३९ लाख ६७ हजार ९८६, गाउँपालिकाको छ लाख छ हजार ८६८ र जनश्रमदान ९३ हजार ३६४ गरी कुल ४६ लाख ६८ हजार २१८ रुपियाँ लगानीमा यो पुल निर्माण सम्पन्न भएको पालिकाका असिस्टेन्ट सबइन्जिनियर रामाकाजी कार्कीले जानकारी दिनुभयो ।
बाजुराको बूढीगङ्गा नगरपालिकाको मतगणना आठ वटा वडाको सम्पन्न भएको छ । वडा नम्बर १,२,३,४,७ ८,९ र १० को मतगणना हुँदा प्रमुख र उपप्रमुखमा एमालेको अग्रता रहेको छ ।
सानो उपलब्धिले समेत कहिलेकाहीँ ठूलो खुसी दिन्छ । सिमेन्ट निर्यात हुन थालेर नेपाललाई यस्तै खुसी प्राप्त भएको छ । वार्षिक १८ खर्ब रुपियाँ हाराहारीको आयात र दुई खर्ब रुपियाँ हाराहारीको मात्र निर्यातले अर्थतन्त्रमा विदेशी मुद्राको ठूलो चाप परिरहँदा यो उलपब्धि आफैँमा खुसी हो । त्यसै पनि विदेशी मुद्रा आर्जन गर्ने आधार सीमित छ र आयात गर्न नेपाली मुद्रामा हुँदैन ।
आज विश्वअर्थतन्त्र चरम् चुनौतीका बीच गुज्रिरहेको छ, जसको प्रभाव नेपाल र छिमेकी देशमा पनि परेको छ । अहिले आम नागरिकसमेत जीवन धान्ने र व्यवसाय चलाउने भन्ने विषयमा बढी नै चिन्तित देखिन्छन्, दबाबबीच बाँचिरहेका छन् ।
गत साता काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमा थप २५ वटा विश्वविद्यालय आवश्यक रहेको अभिव्यक्ति दिनुभयो । यसले एक खालको बहसको सुरुवात नै गरायो । के
सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाको कुन वडामा के समस्या छ भन्ने कुरा काठमाडौँमा बसेर शासन गर्नेलाई भन्दा बढी त्यहीँका गाउँपालिकाका अध्यक्षलाई थाहा हुन्छ । कास्कीको मादी गाउँपालिकाको वडा ९ को गोर्जे गाउँमा खानेपानीको समस्या छ कि बिजुलीको भन्ने
वन एक नवीकरणीय अति महत्त्वपूर्ण प्राकृतिक सम्पदा हो । मानव सभ्यताको विकासमा यसको अमूल्य योगदान छ । वन र मानवबीच अन्न्योन्याश्रित सम्बन्ध रहँदै आएको छ । वनले हावा सफा गर्ने मानिसको फोक्सोका रूपमा चौबीसै घण्टा सेवा गरिरहन्छन् । बरु हामी नरहे पनि वन रहन सक्छ तर वन नरहे हामी रहन सक्दैनौँ ।
एक सय वर्ष पुग्नै लाग्दा पूर्वन्यायाधीश योगनाथ उपाध्यायले घरबार त्यागी सन्न्यासी बन्नुभयो । गत वैशाख २० गते अक्षय तृतीयाका दिन गलेश्वर आश्रम देवघाटमा उहाँले सन्न्यास ग्रहण गर्नुभएको हो । उठबस गर्नसमेत छोराछोरीको सहारा लिनुपर्ने ९६ वर्षीय उपाध्यायले सन्न्यास दीक्षा लिएसँगै त्यसलाई पुनर्जन्म मानियो अनि परिचय फेरिँदै नयाँ नाम राखियो– स्वामी योगानन्द । पुरानै नामको सुरुको अक्षर प्रयोग गरेर नयाँ नाम राख्ने सन्न्यासी परम्पराअनुसार योगनाथको नाम योगानन्द भएको हो ।
तनहुँमा ‘नाइरोबी फ्लाई’ नामक किराबाट छालामा सङ्क्रमण फैलिएका पाँच जना विरामी भेटिएका छन् । आँबुखैरेनी गाउँपालिका वडा नम्बर ३ र ४ मा भेटिएको हो । प्रकोप बढेसंगै सजकता अपनाउन आँबुखैरेनी गाउँपालिका स्वास्थ्य शाखाले आग्रह गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इद उल अज्हा (बकर इद) संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड भएको बताउनुभएको छ । मुस्लिम समुदायको ठूलो चाडको रुपमा रहेको बकर इदको अवसरमा आइतबार शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति भण्डारीले यो पर्व एक आपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउने पर्व भएको बताउनुभएको हो ।