सिन्धुली जिल्लामा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका कर्मचारीहरूलाई आइतबारदेखि निर्वाचन सामग्री बुझाउन सुरु गरिएको छ ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनलाई राष्ट्रिय संकल्पको रूपमा लिई भयरहित एवम् निष्पक्ष वातावरणमा सम्पन्न गराउन सबै जिम्मेवारीबोधका साथ कटिबद्ध हुनुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले अहिलेका लागि सबैभन्दा नयाँ र परिमार्जित दल नेपाली कांग्रेसनै भएको दाबी गर्नुभएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री डा. कुमार इङनामले सरकारले निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गराउनका लागि सम्पूर्ण शक्ति परिचालन गरिरहेको बताउनुभएको छ ।
फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मोरङमा सुरक्षा र अनुगमनको तयारीलाई तीव्र पारिएको छ ।
असोजको त्यो रात, आकाश अचानक कालो भयो । एकैछिनमा झमझम पानी पर्न थाल्यो । बुढी खोलामा बाढीसँगै डर पनि बढ्दै गयो ।
मोरङको सुनवर्षी नगरपालिकामा मतदातालाई प्रभावित पार्ने उद्देश्यले पैसा बाँड्न हिँडेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।
कास्कीमा फागुन १८ गतेदेखि रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक लगाइएको छ ।
फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने कर्मचारीले शनिबार नियुक्तिपत्र बुझेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट कर्मचारीले नियुक्तिपत्र बुझेका हुन् ।
आम निर्वाचनका लागि म्याग्दीबाट उम्मेदवारी दिएका १२ मध्ये एक मात्रै स्वतन्त्र उम्मेदवार महावीर पुनको चुनाव प्रचारका लागि आज आइतबार बेनी बजारमा सरसफाइ गरिएको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) खोटाङका उम्मेदवार डा. हरि रोकाको चुनावी अपिल दस जातजातिको मातृभाषामा तयार पारिएको छ ।
कालीकोटमा सात दिनसम्म मदिरा बिक्री बितरण गर्न पूर्णरुपमा निषेध गरिएको छ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, तथा भयरहित बनाउन तोकिएको अबधिमा मदिरा बिक्री बितरण गर्न निषेध गरिएको हो ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबैभन्दा धेरै १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ ।
बाजुराका अधिकांश मतदाता यतिबेला रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँमा बसोबास गरिरहेका छन्। हिउँदको समयमा रोजगारीका लागि भारत गएका मतदाता गाउँमा चुनावी चहलपहल बढे पनि अझै फर्किएका छैनन्।
नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।