विद्यार्थीमा स्वच्छता र फोहर व्यवस्थापनबारे सचेतना बढाउने उद्देश्यले सिफलस्थित बाल व्यवसायी केन्द्र माध्यमिक विद्यालयमा सरसफाइ कार्यक्रमको आयोजना गरिएको छ।
नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारको उच्च प्राथमिकता निर्वाचन, सुशासन र भ्रष्टाचार नियन्त्रण रहेको बताउनु भएको छ ।
जेनजी आन्दोलनका कारण अनिश्चित कालका लागि स्थगित भएको गण्डकी प्रदेशसभाको बैठक कात्तिक २४ गते बस्ने भएको छ। सभामुख कृष्णप्रसाद धितालले २४ गते दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गर्नुभएको हो।
क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीको सरकारले मङ्गलबार आफ्नो पहिलो बजेट सार्वजनिक गर्दै अमेरिकामाथिको आर्थिक निर्भरता घटाउने र नयाँ भूराजनीतिक वास्तविकतालाई सम्बोधन गर्ने दीर्घकालीन रणनीति प्रस्तुत गरेको छ ।
भारतको शीर्ष वित्तीय अपराध अनुसन्धान निकाय, प्रवर्तन निदेशालय (इडी) ले प्रतिष्ठित उद्योगपति अनिल अम्बानीसँग सम्बन्धित विभिन्न कम्पनीबाट ८४ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी (करिब ७५ अर्ब भारतीय रुपियाँ) बराबरको सम्पत्ति जफत गरेको जनाएको छ ।
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसकी नेतृ एवम् बागमती प्रदेशका पूर्वराज्यमन्त्री रजनी अमात्य जोन्छेंको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनाका साथै यसलाई निःशुल्क गर्नेतर्फ नीतिगत पहलकदमी आवश्यक भएको बताउनुभएको छ।
सरकारी स्वामित्वको गोरखापत्र संस्थान र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबीच सहकार्य हुने भएको छ ।
दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले आगामी वर्षका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा तीन गुणा लगानी र छ वर्षकै सबैभन्दा ठूलो रक्षा बजेट वृद्धि गर्ने योजना सार्वजनिक गर्नु भएको छ ।
एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो संस्करण रोकिएकै अवस्थाबाट पुन: सुचारु हुने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज यहाँ शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
सशस्त्र प्रहरीले ताप्लेजुङस्थित उत्तरी सीमा क्षेत्रको निरीक्षण गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजङ्घा र ओलाङ्चुङगोला बिओपी (बोर्डर आउट पोष्ट) को टोलीले सीमा क्षेत्रको निरीक्षण गरेको हो।
इङ्ग्ल्यान्ड राष्ट्रिय टोलीबाट खेलिसकेका जोहन सिम्पसनले काठमान्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल्नु हुने भएको छ ।
बाँकेको कोहलपुर र नेपालगन्जमा नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी टुर कार्यक्रम गरिएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको वातावरण बनाउनेतर्फ सरकार सक्रिय भएर लाग्नु पर्नेमा जोड दिनुभएको छ।