आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिएको छ।
दसैँको महानवमीको दिन लिम्बू समुदायको इतिहासको प्रतीकको रुपमा रहेको निशान प्रदर्शन गरिएको छ। नेपालीहरुको साझा चाडपर्वको रुपमा स्थापित हुँदै गएको दसैँ पर्वको अवसरमा निशान प्रदर्शन गर्ने गरिन्छ।
गोरखाको सहिद लखन गाउँपालिका-३, सिलिङटार र चितवनको इच्छाकामना गाउँपालिका-४, चरेस जोड्ने त्रिशूली नदी माथिको झोलुङ्गे पुल झन्डै दुई सातापछि मर्मत गरेर सञ्चालनमा ल्याइएको हो।
बागलुङ नगरपालिका–८ सिगाना पात्ले गोखोलामा हालेको चर्खे पिङ खेल्दै स्थानीय । गाउँबाट लोप भइसकेको चर्खे पिङ झण्डै डेढ दशक पछि हालिएको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–५ स्थित पीखेल हाइटमा लिङ्गे पिङ खेल्दै स्थानीय ।
पाँचथरको याङवरक ४ थर्पुमा हरेक वर्ष वडादसैँको नवमी तिथिमा निशान प्रर्दशन गर्ने चलन छ।
यही असोज ११ र १२ गतेको अविरल बर्षाको बाढीपहिरोले क्षतिग्रस्त भई अवरुद्ध बिपी राजमार्ग दुई हप्तापछि सञ्चालनमा आएको छ।
पृथ्वी राजमार्गको वैकल्पिक रुपमा रहको बुद्धसिंह मार्गको तीन स्थानमा खोलामा पानीको प्रवाह धेरै हुँदा दसैँको समयमा यात्रुलाई आवत जावतको समस्या परेको छ। खोलामा पानीको प्रवाह धेरै हुँदा समस्या परेको स्थानीयले बताएका छन्।
पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा हतियारधारी व्यक्तिहरूको समूहले रातभरि गरेको आक्रमणमा २० जना कामदारको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ ।
अमेरिकाको कोलोराडो राज्यमा रहेको सुन खानीमा उपकरणमा खराबीका कारण कम्तीमा १० जना व्यक्ति एक हजार फिट (३०५ मिटर) जमिनमुनि फसेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।
फिनल्याण्ड नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले घोषणा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकाका महत्वपूर्ण शक्तिपीठहरुको दर्शन गर्नुभएको छ ।
अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका-४ लामिडाँडामा इभी गाडी दुर्घटना हुँदा पन्ध्र जना यात्रु घाइते भएका छन् ।
सत्तारुढ नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकतन्त्रमा राजनीतिक दलहरु बलियो हुनुपर्ने बताउनुभएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दसैँ अघि नै निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता जनाउनुभएको भएपनि व्यवसायीले भुक्तानी रकम पाउन सकेनन् ।