• २६ असोज २०८१, शनिबार

पॉचथरमा निशान प्रदर्शन

blog

पाँचथरको याङवरक ४ को निशान जात्रा। तस्बिरः राधा लुइटेल

राधा लुइटेल 

फिदिम, असोज २५  गते। पाँचथरको याङवरक ४ थर्पुमा हरेक वर्ष वडादसैँको नवमी तिथिमा निशान प्रर्दशन गर्ने चलन छ। शुक्रबार अष्टमी र नवमी तिति एकैदिन परेकाले मध्यान्ह निशान जात्रा प्रदर्शन गरिएको हो। गत वर्षदेखि निशान जात्रा नेपाली सेनाले सहभागी भएर सलामी अर्पण गर्न थालेका छन्।

यहॉ रहेका जङगे र कम्फु नामका निशान पृथ्वी नारायण शाहको नेपाल राज्य एकीकरणका समयमा लिम्वुवान फौजस‘ग पटकपटक लडाइँ गर्दा पनि जित हार नभएपछि सम्झौता गरेर उपहार स्वरुप छोडेको इतिहास छ। यी निशानलाई शक्तिको प्रतिकका रुपमा लिइने गरिन्छ।

निशनन याङवरक ४ स्थित कालिका मन्दिर परिषरमा देखाइने गरिन्छ। वर्षको तीन सय ६४ दिन लिम्बुवानका जिम्मावालको घरमा राखिने निशान र यी हतियार प्रत्येक वर्ष महा नवमीका दिन मात्रै निकाल्ने गरिन्छ।

निशान हेर्न पॉचथर र आसपासका जिल्लास‘गै छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थी आउने गरेका छन्। यो वर्ष बाढी पहिरोका कारण दर्शनार्थी घटेका छन्।