लेबनानको जनस्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हवाई आक्रमणले लेबनानको मध्य बेरुतको रस अल–नाबालाई लक्षित गरेको छ । यसमा कम्तिमा २२ जनाको मृत्यु र अन्य ११७ जना घाइते भएका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँ पर्वले सम्पूर्ण नेपालीहरू बीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई सुदृढ गर्दै न्यायपूर्ण‚ समतामूलक‚ सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि क्रियाशील रहन प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।
म्याग्दीको रघुगंगा गाउँपालिका –२ राखु भगवती कोत मन्दिरमा खुल्ला प्रतिस्पर्धाबाट राँगो मार हान्ने अनौठो प्रचलन छ । मार हान्ने व्यक्तिको छनौंट यहाँ सार्वजनिक रुपमा बोलकबोलबाट गरिन्छ ।
बाँकेको खजुरा गाउँपालिका ६ सिमलघारीस्थित गिजरा सामुदायिक वनबाट अर्को चितुवा नियन्त्रणमा आएको छ । एकहप्ता अगाडि सोही वनबाट एउटा चितुवा नियन्त्रणमा आएको थियो ।
भीरकोट नगरपालिका –६ का ९२ वर्षीय प्रेमबहादुर थापाले आफ्नो सामाजिक सुरक्षा भत्ता बालबालिकाको शिक्षाका लागि खर्च गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको धनगढी बजार सुनसान बनेको छ । जागिर, व्यापार, विभिन्न काम लगायतको सिलसिलामा यहाँ बस्दैआएका मानिस दसैं मनाउन आफ्नो गाउँघरतर्फ गएपछि धनगढी बजार सुनसान भएको हो ।
बितेका नौ महिनामा एक लाख पाँच हजार जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । हालसम्म एक लाख पाँच हजार ६९८ जना विदेशी पर्यटक मुस्ताङ आएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को इलाका संरक्षण कार्यालयले जनाएको छ ।
पारिवारिक सुखका लागि पैसा कमाउन भनी विदेश पठाएको श्रीमान् समस्या परेपछि श्रीमानको सकुशल उद्धारको माग गर्दै गीता घिमिरेले सरकारसँग आग्रह गर्नुभएको छ ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बडादसैँको अवसरमा शुक्रबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभएको छ ।
मधेस प्रदेशको राजधानी जनकपुरधाममा बडादसैँको महाअष्टमीका दिन आज करिब रु तीन करोडको लड्डु बिक्री भएको छ ।
बाँदरले अन्नबाली खाएर हैरान गरेपछि किसानले केरा खेती सुरु गरेका छन् । जिल्लाको सत्यवती गाउँपालिका–६, जाहाङ्ग निवासी ४२ वर्षीय लक्ष्मी ढकालको परिवारले केरा खेती गर्दै आउनुभएको छ ।
विजयादशमीको अवसर पारेर म्याग्दीको बेनी नगरपालिका–२ स्थित रिभरसाइड बगरफाँट युवा क्लबले आयोजना गरेको ‘दोस्रो रिभरसाइड सेभेन ए साइड खुला फुटबल प्रतियोगिता’को उपाधि वान्टेड समूहले जितेको छ ।
गाउँघरमा परम्परागत रूपमा आँटा पिठो पिस्नका लागि प्रयोग हुने ढुङ्गाको जाँतो लोप हुन थालेको छ ।
सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी–घुर्मी सडक अवरुद्ध भएको छ ।
यहाँ अवस्थित प्रख्यात मर्दी हिमाल पदमार्गलाई अन्वेषण गरी विश्वमा परिचित गराएका प्रवर्द्धक सुदीप गौतमको शालिक राखिएको छ ।