• २६ असोज २०८१, शनिबार

गाडी दुर्घटनामा १५ जना घाइते

blog

दुर्घटनामा परेको इभी गाडी

केदार तिमल्सिना 

बनेपा, असोज २३ गते । अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका-४ लामिडाँडामा इभी गाडी दुर्घटना हुँदा पन्ध्र जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरी चौकी पाँचखालले जनाएको छ । 

शुक्रबार दिउँसो काठमाडौँबाट रामेछाप जाँदै गरेको बा.प्र. ०१-००२ ज ६२३९ नम्बरको ईभी गाडीले पार्किङ गरेर राखेको बा १९ च ५७३६ नम्बरको बोलेरो गाडीलाई ठक्कर दिई अनियन्त्रीत भई विद्युतको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ । 

प्रहरी चौकी पाँचखालका इन्चार्ज प्रहरी निरीक्षक किशोरकुमार बुढाथोकीले दुर्घटनामा इभी गाडीमा सवार १५ जनामध्ये रामेछाप नगरपालिका-८ बस्ने वर्ष २१ को खेम राज तामाङ गम्भिर घाईते भई उपचारको लागि धुलिखेल अस्पताल पठाइएको बताउनुभयो । घाइतेको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । 

गम्भीर घाइते तामङको टाउको, छातीमा चोट लागेको छ । घाइते अन्यको अवस्था सामान्य छ ।