रुकुम पश्चिम जाजरकोटको सिमाना त्रिवेणीबाट डोल्पाको मुडकेचुला गाउँपालिकाको जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटको निर्माणाधीन विद्युत् उत्पादन गृहसम्म पुर्याउन सडक निर्माण गरिँदै ।
बागमती प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले काठमाडौँ जिल्लाको कीर्तिपुर नगरपालिकामा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ ।
सर्वोच्च शिखर सगरमाथा दृश्यावलोकन गर्ने स्थान कालापत्थरमा देखिएको खोङ्मा चरा । यो चरा कालापत्थर जस्ता उच्च हिमाली क्षेत्रमा पाइन्छ ।
देशको राजनीतिमा सुधार ल्याउने, सुशासन, नैतिक मूल्य एवं मान्यतामा आधारित राजनीति गर्ने
नेपाल आइसिसी विश्वकप लिग-२ मा अमेरिकासँग तीन विकेटले पराजित भएकोछ ।
ग्लोबल आइएमई बैङ्क लिमिटेड ग्लोबल फाइनान्स म्यागजिनको बेस्ट बैङ्क अवार्ड २०२४ बाट सम्मानित भएको छ ।
पोखरेलीले बाहिरका आफन्तलाई पठाउने धेरै जसो कोसेलीमा जेठोबुढो चामल छुट्दैन ।
नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइन काटेपछि उद्योगको उत्पादन ठप्प भएको छ ।
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाको पहिलो खेलमा नेपालले अमेरिकालाई २८७ रनको लक्ष्य दिएको छ ।
नेपाल आयल निगमको सिलिगुडी–झापा ९चारआली० पेट्रोलियम पाइपलाइन परियोजनाको ग्रीनफिल्ड टर्मिनल निर्माणस्थलमा सँधियारसँग जग्गा विवाद सुरु भएपछि परियोजना प्रभावित भएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैँया ८४ पैसा कायम भएको छ ।
न्याय परिषद्ले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस गरेको छ । परिषद्ले ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो ।
सरकारले दक्षिण कोरिया (इपिएस) र मलेसियासँगको द्विपक्षीय श्रम सम्झौता नवीकरण गर्ने तयारी गरेको छ ।
युवापुस्तामा मण्डलाको महत्वबारे जानकारी गराउने उद्देश्यले कात्तिक १७ गते गोदावरीमा मण्डला प्रतियोगिता आयोजना हुने भएको छ ।
पोखरा काजीपोखरीकी सृष्टि खड्का यस वर्षको मिस पोखरा बन्न सफल हुनुभएको छ ।