निर्माणाधीन मुग्लिन पोखरा सडक योजनाअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा सडक विस्तारले गति लिएको छ । अन्य ठाउँमा कामले गति लिइसक्दा पनि दमौली बजारमा काम हुन सकिरहेको थिएन ।
यहाँको विष्णुपुर गाउँपालिका मलेकपुरस्थित सीता इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ मजदुर अलपत्रमा परेका छन् । उनीहरु हाल राजविराज नगरपालिका–३ स्थित कल्टुपोखरी नजिकै निर्माणाधीन एक घरको भुइँमा बसेका छन् ।
सर्वोच्च शिखर सगरमाथा दृश्यावलोकन गर्ने स्थान कालापत्थर जाने क्रममा थकान मेट्न चिया पिउँदै सगरमाथालगायतका हिमाल हेर्दै पर्यटक ।
हत्या आरोपित फरार अभियुक्त मादी नगरपालिका–८ का राजकुमार तामाङलाई चार वर्षपछि प्रहरीले पक्राउ गरेको छ । २०७७ साल माघ १० गते छिमेकी रत्नबहादुर प्रधानको हत्याका आरोपित तामाङ फरार थिए । उनलाई आज पक्राउ गरिएको डिएसपी दक्षकुमार बस्नेतले बताउनुभयो ।
मुस्ताङको घरपझोङ गाउँपालिका ४ स्थित कालीगण्डकी नदी माथी बनाइएको एक शताब्दी पुरानो काठेपुल । यो पुलको सौन्दर्यकरण गरिनुका साथै जिर्णोद्वार समेत गरिएको छ ।
यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कृषि विकास बैंक कर्णाली प्रदेश कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रु आठ लाख सहयोग रकम प्रदान गरेको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका पालिकाले स्थानीय रुपमा उत्पादन भएको फूल र फूलको माला प्रयोग गर्न प्रोत्साहन गरेकाछन् । आफ्नै माटोमा उत्पादन भएको पुष्पखेतीलाई प्रोत्साहन गर्दै नवलपुरका स्थानीय तहले उपभोक्तालाई समेत स्वदेशकै स्थानीय फूलमाला प्रयोग गर्न अनुरोध गरेका हुन् ।
मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको तातोपानीको मुहान उपयोग र संरक्षणको पर्खाइमा छ । अध्ययन अनुसन्धान, पूर्वाधार, व्यवस्थापन र संरक्षणको अभावमा लोमान्थाङको फेदीमा रहेको प्राकृतिक तातोपानीको मुहानलाई प्रयोगमा ल्याउन नसकिएको हो ।
सुर्खेत दैलेख राजमार्गको दायाबायाँ सयपत्री फूल फुलेका छन् । डुङ्गेश्वर गाउँपालिका–६ सिस्नेटारस्थित सो सडकमा सार्वजनिक यातायातमा आवत जावत गर्ने यात्रु ढकमक्क फुलेका दृश्य हेरेर मोहित हुन्छन् ।
यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई मधेश द्रुतमार्गको प्रगति सात वर्षमा ३६.४२ प्रतिशतमा मात्रैमा सीमित भएको छ । आयोजना निर्माणको काम
भारतका वनपाखामा नेपाली महिला र बालबालिका खर काट्ने काममा व्यस्त हुन थालेका छन् ।
बैतडीकी हिमश्वेता भट्टले २२ वर्षको कलिलो उमेरमै कृषि प्राविधिकतर्फको अधिकृत सातौँ तहमा नाम निकाल्न सफल हुनुभएको छ ।
गत असोजको दोस्रो हप्ता सप्तकोशी नदीमा आएको ५६ वर्षयताकै ठुलो बाढीले आरक्ष जङ्गल क्षेत्र बगाउँदा कोशीटप्पु वन्यजन्तु आरक्षमा ठुलो क्षति पु¥याएको छ । सप्तकोशी नदीको पश्चिमी क्षेत्रमा रहेको आरक्ष जङ्गलमा बाढी पस्दा चराचुरुङ्गी तथा वन्यजन्तु बगाएको छ । वन्यजन्तु तथा चराको वासस्थान बाढीले बगाउँदा ठुलो क्षति पुगेको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ ।
लोकतान्त्रिक राज्य संरचना शक्ति सन्तुलन र नियन्त्रणमा आधारित प्रणाली हो ।