नेपालीको महत्वपूर्ण चाड तिहार सकिएसँगै बाजुराका अधिकांश गाउँ रित्तिन थालेका छन् ।
निर्धारित समयमा उपकरण मर्मत हुन नसक्दा हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ भएको छ । उद्योग व्यवस्थापनले तिहारपछि सिमेन्ट उत्पादन सुरु गर्ने भनिए पनि विभिन्न उपकरण मर्मतको काम नसकिँदा अझै उत्पादन सुरु हुन नसकेको हो ।
असोज दोस्रो साता आएको बाढीपहिरोका कारण बस्ती जोखिममा रहेको भन्दै काभ्रेपलाञ्चोक जिल्लामा रहेका छ वटा स्थानीय तहले बस्ती स्थानान्तरणका लागि अनुरोध गरेका छन् । जिल्लामा रहेका १
सिराहाको मिर्चैया नगरपालिका–९ मा अवस्थित पौराणिक तथा धार्मिक पर्यटकीय स्थल कमलदहमा हरिबोधनी एकादशीको अवसरमा लाग्दै आएको ‘कमलदह धार्मिक हरिबोधनी एकादशी मेला’मा पहलमानबीच हुने कुस्ती खेलको ‘क्रेज’ बढ्दै गएको छ । मङ्गलबारदेखि सुरु भएको खेल हेर्न यहाँ हजारौँ दर्शकको भीड लाग्ने गरेको छ ।
जिल्ला सदरमुकामको मुख्य बजार गोठालापानीनजिकै सडक किनारमा जम्मा भएको फोहोरको थुप्रोमा आगो लाग्दा निस्केको धुवाँका कारण सास फेर्न कठिनाइ हुन थालेको छ ।
निक्षेप तथा कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्त वित्तीय संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उदयपुर, कात्तिक २९ गते । आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा रिक्त २ वडाध्यक्ष पदका लागि पाँच राजनीतिक दलले। उम्मेदवारको नाम सार्वजनिक गरेका छन् । त्रियुगा नगरपालिका– १२ र बेलका नगरपालिका– ९ को रिक्त वडाध्यक्ष पदका लागि ती दलले उम्मेदवारको नाम सार्वजनिक गरेका हुन् । त्रियुगा नगरपालिका–१२ को वडाध्यक्षमा नेपाली कांग्रेसले सञ्जीव काफ्ले, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट लक्ष्मी नारायण चौधरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नविक वान्तावा, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले निर्मला चौधरी,राष्ट्रिय स्वतन्त्र पार्टीले ध्रुव पोखरेललाई उम्मेदवार बनाएको छ । यसैगरी, बेलका नगरपालिका– ९ को वडाध्यक्षमा कांग्रेसले नवराज बस्नेत, एमालेले मनोज खड्का, माओवादी केन्द्रले भरत घिमिरे र रास्वपाले तेजमान विकलाई उम्मेदवार बनाएको छ । एकीकृत समाजवादीले दुई दिनभित्रमा उम्मेदवारको नाम घोषणा गर्ने बताएको छ ।त्रियुगा नगरपालिका–१२ मा तीन हजार ८०० र बेलका नगरपालिका– ९ मा तीन हजार ४०० मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस
कञ्चनपुरको दक्षिणी क्षेत्रमा मानव र वन्यजन्तुबिच द्वन्द्व बढ्न थालेको छ । जङ्गली हात्तीले घरखेतमा नोक्सानसहित मान्छेको ज्यानसमेत लिएपछि द्वन्द्व बढ्न थालेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
घोँगीको व्यापार यहाँका धेरैजसो महिलाका लागि आम्दानीको आधार बनेको छ । यही व्यापारबाट आर्जेको पैसाले आफ्ना र परिवारका आवश्यकता पूरा गर्न निकै सघाउ पुगेको यसमा सङ्लग्न महिलाहरूले बताउने गरेका छन् ।
चार हजार मिटर गहिराइसम्म ‘ड्रिलिङ’ गर्नुपर्नेमा हालसम्म ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकिएको खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम परियोजना महाशाखा प्रमुख गणेशनाथ त्रिपाठीले बताउनुभयो ।
गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ ।
शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा जुवाको खालबाट रु छ लाख ४३ हजार एक सय ९० सहित १३ जना पक्राउ परेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
जुम्लाको सिंजाको रोकाय गाउँ । यो गाउँ सुन्दर र मनमोहक छ । कुनै बेला सिजाली राजाले राज गरेको यो क्षेत्र प्राचीन संस्कृति बोकेकोले पर्यटकीय सम्भावना रहेको छ ।