राष्ट्रियसभाका सांसद इन्दिरा गौतमले पूर्वी तराई जोड्ने मध्यपहाडी राजमार्गको काम जतिसक्दो चाँडो सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सप्तरी प्रहरीले लागूऔषध गाजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले ताप्लेजुङको मुकुम्लुङमा केबलकार निर्माणको कार्यमा सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)का सांसद दीपकबहादुर सिंहले बुद्ध एयरको जहाज पाङ्ग्राबिनै काठमाडौं विमानस्थलमा अवतरण गरेको बारे जाँचबुझ आयोग गठन गर्न माग गर्नुभएको छ ।
धनुषामा सहकारीको ८० लाख रुपियाँ लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो जीवनको परवाह नगरी बिसौँ वर्षदेखिका बेथिति अन्त्यका लागि आफूले अभियान सञ्चालन गरेको बताउनुभएको छ । शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गनुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा 'सामाजिक नारी आवाज' पुस्तिका विमोचन गरिएको छ ।
प्रतिनिधिसभा बैठकमा सांसद नारायणी शर्माले सम्पत्तिमा महिलाको समान अधिकार र राजनीतिमा ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्नुभयो ।
पोखरा महानगरपालिकाको पर्यटकीय केन्द्र लेकसाइडमा गर्न लागिएको कोटिहोमको भूमिपूजनमा शुक्रबार झडप हुँदा १३ जना घाइते भएका छन् । कोटीहोम गर्ने पक्ष र नगर प्रहरीबिच बिहान १०ः३० बजेतिर झडप भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले टिप्परले कानुन नमान्दा दुर्घटनाहरू बढेको भन्दै टिप्परका लागि अलग्गै लाइसेन्सको व्यवस्था गर्न माग गर्नुभएको छ । बुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो माग गर्नुभएको हो ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका किसानलाई ‘किसान परिचयपत्र’ वितरण गर्न सुरु गरिएको छ ।
इक्वेडरको लागूपदार्थ तस्करी गिरोहका प्रतिद्वन्द्वी समूहहरूबिच बिहीबार हिंसात्मक बन्दरगाह सहर गुयाक्विलमा भिडन्त हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
एफबिआईले चीनमा रहेका व्यक्तिलाई गोप्य सूचना बिक्री गरेको आशङ्कामा बिहीबार एक अमेरिकी सैनिकलाई पक्राउ गरेको न्याय मन्त्रालयले जनाएको छ ।
गृह मन्त्री रमेश लेखक भूकम्प प्रभावितका घर पुनर्निर्माण गर्ने गरी आयोजना कार्यालय स्थापना गर्न बैतडी हुँदै बझाङ पुग्नु भएको छ । जिल्ला भूकम्पीय पुार्निर्माण तथा पुर्नस्थापना आयोजना कार्यान्वयन एकाइको उद्घाटन गर्न गृहमन्त्री लेखक शुक्रबार बैतडीको खोड्पे हुँदै बझाङ पुग्नु भएको हो ।
तुलसीपुरमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् ।