बाजुराका अधिकांश गाउँ बस्ती यति बेला परदेशीको परखाइमा छन् । हिउँद लागेसँगै यहाँका अधिकांश युवा युवती भारत गएपछि ती गाउँ बस्ती खाली हुँदै गएका थिए ।
भारतीय लेखिका तथा अभियन्ता कमला भसिन एक समयमा निकै चर्चामा आइन् ।
तेस्रो कर्णाली चलचित्र कार्यशाला चैत ४ देखि ९ गतेसम्म कर्णालीको सुर्खेतमा आयोजना गरिने भएको छ ।
नेपाली रङ्गमञ्चमा चर्चित नाटक ‘भ्रूण’ को विशेष मञ्चन इटहरीमा हुने भएको छ । नाटक पिपुल्स अन्तर्राष्ट्रिय थिएटर फेस्टिभल इटहरी खण्डको उद्घाटन नाटकका रूपमा यो मञ्चन हुँदै छ । नाटक शुक्रबार (आज) इटहरी म्याट्रिक्स, इटहरीमा मञ्चन हुँदै छ ।
विराटनगरबाट–रङ्गेली हुँदै झापाको भद्रपुर जोड्ने हुलाकी राजमार्ग अन्तर्गत रतुवा खोलामा पुल बनेपछि ४६ किलोमिटर सडक छोट्टिएको छ ।
मिथिलाञ्चलमा बिहीबारदेखि विधिवत रूपमा होली पर्व सुरु भएको छ । महाकुम्भका रूपमा चर्चित १५ दिने माध्यमिकी परिक्रमाका यात्रुले महोत्तरीको कञ्चनवनमा रङअबिर खेलेसँगै मिथिलाञ्चलमा होली पर्व सुरु भएको हो ।
मधेश प्रदेशमा पछिल्लो तीन वर्षयता सुरक्षित गर्भपतन गराउने सङ्ख्या निरन्तर रूपमा वृद्धि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय मधेश प्रदेशको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ सम्म गर्भपतन गराउने महिलाको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ ।
आजबाट रङ्गहरूको पर्वले चिनिने होली सुरु भएको छ । यसै अवसरमा शुक्रवार बिहान काठमाडौँको वसन्तपुरमा चीर ठड्याइएको छ । फागुन शुक्ल अष्टमीका दिन काठमाडौँको बसन्तपुरस्थित हनुमान ढाेका दरबार अगाडी चीर ठड्याएपछि देशभर फागु (होली) पर्व सुरु भएको मान्ने प्रचलन छ ।
कृषिमन्त्री रामनाथ अधिकारीले वास्तविक कृषकलाई अनुदान दिने कुरामा अहिलेको सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नवलपरासीपूर्व (नवलपुर) को कावासोती–३ निवासी शैक्षिक एवं सामाजिक व्यक्तित्व भोजराज दाहालले व्यक्तिगत लगानीमा यहाँका चार हजार २०४ जना विद्यार्थीको दुर्घटना बिमा गरिदिनुभएको छ ।
दाङमा प्रहरीले सुनका गरगहना चोरीसँगै बिक्रीवितरणमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।
तीन दिनदेखि लागेको डढेलोले पाल्पाका चार सामुदायिक वनमा ठुलो क्षति पुर्याएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिकाको वडा नं. १ र २ स्थित चार सामुदायिक वनमा तीन दिनदेखि लागेको डढेलोले १६८ हेक्टर वन क्षेत्र सखाप बनाएको छ ।
तिलगङ्गा आँखा अस्पताल काठमाडौँका चिकित्सकको टोलीले बाँकेको कोहलपुरमा ४४२ जना आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गरेको छ ।
गत केही समययता बाँके जिल्लामा नदीजन्य पदार्थको अवैध दोहन र ओसारपसार बढेको पाइएको छ ।
दुर्गम जिल्ला हुम्लाका ८८ प्रतिशत घरधुरीका बासिन्दामा स्वच्छ खानेपानीको पहुँच पुगेको छ ।