• २६ फागुन २०८१, सोमबार

‘भ्रूण’ को विशेष मञ्चन

blog

काठमाडौँ, फागुन २३ गते । नेपाली रङ्गमञ्चमा चर्चित नाटक ‘भ्रूण’ को विशेष मञ्चन इटहरीमा हुने भएको छ । नाटक पिपुल्स अन्तर्राष्ट्रिय थिएटर फेस्टिभल इटहरी खण्डको उद्घाटन नाटकका रूपमा यो मञ्चन हुँदै छ । नाटक शुक्रबार (आज) इटहरी म्याट्रिक्स, इटहरीमा मञ्चन हुँदै छ । 

केदारनाथ पौडेलको लेखन र निर्देशनमा तयार भएको नाटकलाई इटहरी म्याट्रिक्सले उत्पादन गरेको हो । नाटकमा निर्देशक पौडेलसँगै कपिल शर्मा, रामहरि अधिकारी र अनिल तिमिल्सिनाले अभिनय गर्नुभएको छ । नाटकले मानवीय अस्तित्व, समाज र संवेदनशील विषयवस्तुलाई गहिरो रूपमा उजागर गर्ने बताइएको छ । निर्देशक पौडेलका अनुसार समयसापेक्ष प्रश्नहरू उठाउने, समाजलाई आत्मविश्लेषण गर्न प्रेरित गर्ने तथा दर्शकलाई नयाँ दृष्टिकोण प्रदान गर्ने नाटक हो ।