चिकित्सा शिक्षा आयोग विगो तथा जरिवाना रकम दाखिला गर्न आग्रह गरेको छ । आयोगले सूचना निकाल्दै निःशुल्क छात्रवृत्ति सिटमा अध्ययनका लागि भर्ना भएर बिचैमा अध्ययन छाडेका ६६ जना विद्यार्थीलाई यस्तो आग्रह गरेको हो ।
महोत्तरीको सीमावर्ती नगरपालिका मनरा सिसवाको नयाँ प्रशासनिक भवनको उद्घाटन गरिएको छ ।
फ्रान्सको सबैभन्दा व्यस्त टर्मिनलतर्फ जाने रेलमार्गमा दोस्रो विश्वयुद्धको बम फेला परेपछि पेरिस गारे डु नोर्ड रेल स्टेसनमा शुक्रबार यातायात रोकिएको अधिकारीहरूले बताएका छन् ।
टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारू र कार्यपालिका सदस्यहरूबिच फेरि विवाद सुरु भएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौं चक्रपथ दोस्रो खण्डअन्तर्गतको काम केही समयमै सुरु हुने बताउनुभएको छ ।
प्रधानमन्त्री एवम् मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट उक्त विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहका अवसरमा आज विभिन्न तह र सङ्कायका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित भएका छन् ।
प्रतिनिधिसभामा राष्ट्रिय मानव अधिकार आयोगको २४ औँ वार्षिक प्रतिवेदन पेस भएको छ । शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले राष्ट्रिय मानव अधिकार आयोगको २४ औँ वार्षिक प्रतिवेदन, २०८०/८१ सभामा पेस गर्नुभएको हो ।
राष्ट्रियसभाका सांसद इन्दिरा गौतमले पूर्वी तराई जोड्ने मध्यपहाडी राजमार्गको काम जतिसक्दो चाँडो सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सप्तरी प्रहरीले लागूऔषध गाजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले ताप्लेजुङको मुकुम्लुङमा केबलकार निर्माणको कार्यमा सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)का सांसद दीपकबहादुर सिंहले बुद्ध एयरको जहाज पाङ्ग्राबिनै काठमाडौं विमानस्थलमा अवतरण गरेको बारे जाँचबुझ आयोग गठन गर्न माग गर्नुभएको छ ।
धनुषामा सहकारीको ८० लाख रुपियाँ लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो जीवनको परवाह नगरी बिसौँ वर्षदेखिका बेथिति अन्त्यका लागि आफूले अभियान सञ्चालन गरेको बताउनुभएको छ । शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गनुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा 'सामाजिक नारी आवाज' पुस्तिका विमोचन गरिएको छ ।
प्रतिनिधिसभा बैठकमा सांसद नारायणी शर्माले सम्पत्तिमा महिलाको समान अधिकार र राजनीतिमा ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्नुभयो ।