अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) बागमती प्रदेश समितिले खेतीयोग्य जमिनमा श्रमजीवी किसानको स्वामित्व एवम् पहुँचको व्यवस्थासँगै जमिन बाँझो राख्नेहरुमाथि कडा दण्ड–जरिवानाको व्यवस्था हुने नीति बनाउन माग गरेको छ ।
गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै भएकाले राजतन्त्र फर्किन नसक्ने दाबी गर्नुभएको छ। शुक्रबार बझाङमा भूकम्पीय पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालयको उद्घाटन गर्नुहुँदै गृहमन्त्री लेखकले सो कुरा बताउनु भएको हो।
पाँचथर जिल्लामा हालसम्मकै लामो दुरी र सर्वाधिक पुरस्कार राशीको म्याराथन आयोजना गर्न लागिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको रक्षा र संविधानको प्रभावकारी कार्यान्वयन गर्दै आवश्यकतानुसार परिमार्जन गर्दै जाने सरकारको सोच रहेको स्पष्ट गर्नुभएको छ ।
वासिङ्टनले किएभसँगको वार्ता मस्कोसँग युद्धविराम सुनिश्चित गर्न पुनः सही मार्गमा रहेको बताएपछि अमेरिकी अलगावको सम्भावनाले हल्लिएका युरोपेली सङ्घ (इयु) का नेताहरूले बिहीबार एक सङ्कट शिखर सम्मेलनमा ब्लकको सुरक्षा बढाउन सहमत भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनसँगको अमेरिकी कूटनीतिका लागि महत्त्वपूर्ण स्थल बनेको साउदी अरबसँग ठुलो लगानीका लागि सम्झौता गर्न सुझाव दिँदै आफूले साउदी अरबको भ्रमण गर्ने योजना बनाएको बताउनुभएको छ ।
चीनका विदेश मन्त्री वाङ यीले चीनले संयुक्त राज्य अमेरिकाको ‘मनपरी भन्सार शुल्क’ को प्रतिशोध जारी राख्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाबाट ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१’ स्वीकृत भएको छ । शुक्रबार बसेको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
पर्वतको प्रादेशिक अस्पताल कुश्मामा अत्याधुनिक सुविधा सहितको पोस्टमार्टम गृह निर्माण हुने भएको छ। वर्षाैं पहिले निर्माण भएको पारम्परिक पोस्टमार्टम गृह जीर्ण भएपछि अस्पतालले आधुनिक प्रविधि र सुविधा सहितको पोष्टमार्टम गृह निर्माण गर्ने भएको हो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तराई–मधेश जागरण अभियानले जनतामा नयाँ आशाको सञ्चार जागेको बताउनुभएको छ ।
सांसदहरूले अझै पनि महिलाले विभिन्न प्रकारणका उत्पीडत र विभेद खेपिरहनुपरेको बताउनुभएको छ । शुक्रबार बसेको राष्ट्रियसभाको विशेष समयमा सांसद उर्मिला अर्यालले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले महिलामाथिको उत्पीडन, विभेदभावलाई अन्त्य गर्न पहल गरेको भए पनि अहिले पनि महिलाले विभेद झेलिरहनुपरेको बताउनुभयो ।
प्रधानमन्त्री एवम् मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले शिक्षालाई प्रविधिसँग जोडेर अघि बढाउनुपर्ने बताउनुभएको छ ।
१६ औं राष्ट्रिय मानवअधिकार महाभेला-२०८१ प्रतिवेदन सार्वजनिक भएको छ । शुक्रबार ललतिपुरमा एक कार्यक्रमबिच प्रतिवेदन सार्वजनिक भएको हो ।
सुदूरपश्चिम प्रदेश सभाको शुक्रबार बोलाइएको बैठक स्थगित भएको छ । विशेष कारणले बैठक स्थगित भएको प्रदेश सभा सचिवालयका प्रवक्ता तेजप्रकाश जोशीले जानकारी दिनुभयो ।
परराष्ट्रमन्त्री डा. आरजु राणालाई भेटेर प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले ताप्लेजुङ–टिपताला सडक कालोपत्रे गर्नका लागि चीनसँग प्रस्ताव राख्न अनुरोध गर्नुभएको छ । एमाले सचिवसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य भट्टराईले सोमबार परराष्ट्रमन्त्री राणालाई भेट गरी उक्त प्रस्ताव राख्न अनुरोध गर्नुभएको हो ।