सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई दाबी भुक्तानीबापत झन्डै साढे १३ अर्ब रुपियाँ भुक्तानी गरेको छ ।
नवलपरासीको सुनवलमा सञ्चालनमा रहेको लक्ष्मी स्टिलले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् खपत गरेबापतको बक्यौता महसुल तिर्न सुरु गरेको छ ।
गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर – १ जुकेपानीस्थित निस्तिखोलाको जङ्गलबाट सुरु भएको आगोले २२ लाख रुपियाँ बराबरको क्षति भएको छ ।
कर्णाली प्रदेशमा दुई आर्थिक वर्षमा ४३ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन् ।
कृषि क्षेत्रमा प्रयोग हुने यन्त्र तथा उपकरणको गुणस्तरमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले प्रश्न उठाउनुभएको छ । कृषि मेसिनरी व्यवसायी सङ्घको नवौँ वार्षिक साधारण सभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा उहाँले कृषि क्षेत्रलाई यान्त्रिकीकरण गर्दै लैजानुपर्ने अवस्थामा गुणस्तरीयतामा विश्वस्त हुन सक्ने अवस्था नरहेको बताउनुभएको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन सङ्ख्या र अनुगमनपछि कैफियत देखिएर जरिबाना गरिने प्रतिष्ठानको सङ्ख्या गत वर्षभन्दा घटेको छ । विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको तुलनामा चालु आव २०८१/८२ को सो अवधिमा बजार अनुगमन र अनुगमनपछि जरिबाना गरिएका व्यावसायिक फर्मको सङ्ख्या घटेको हो ।
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रेस चौतारी नेपालको १० औँ महाधिवेशन आइतबार (आज) बाट विराटनगरमा सुरु हुँदै छ ।
ललितपुर महानगरपालिकाले मापदण्डविपरीत बनेका तथा नक्सापास नभएका घर तथा भवनलाई नियमित र अभिलेखीकरण गर्ने अभियान थालेको एक महिनामा जम्मा ६० घरधनीले सो प्रक्रियाका लागि दर्ता गराएका छन् ।
अमेरिकी सरकार अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको छ ।
नयाँ संविधान जारी भएको एक दशक बित्न लाग्दासमेत सङ्घीयता अनुकूल शिक्षाको कानुन बन्न सकेको छैन । मुख्य राजनीतिक दल गम्भीर नहुँदा कानुन निर्माणको काम अघि बढ्न नसकेको हो ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा हिमपात भएको छ । शनिबार साँझपख वर्षासँगै पाथीभरा क्षेत्रको फेदीसम्म हिमपात भएको हो ।
नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल मकवानपुरको चौथो अधिवेशन हेटौंडामा सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले उत्सव चौलागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले समाज विकासमा भाषा, कला र साहित्यको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै यसको संरक्षण एवं प्रवर्द्धनका ध्यान दिनुपर्ने बताउनुभएको छ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले पत्रकारिता पेशालाई व्यवस्थित बनाएर अगाडि लैजानु पर्ने बताउनुभएको छ।