मध्यकालका चार नेवार राज्यहरूमा एक थियो, दोलखा । राजेन्द्रप्रसाद श्रेष्ठका अनुसार (नेपाल संवत्, यसको गरिमामय इतिहास र वर्तमान अवस्था), “तत्कालीन कान्तिपुर, ललितपुर, भक्तपुर र दोलखा विभिन्न कालखण्डमा अस्तित्वमा आए र यसको सङ्घीय स्वरूप नेपाल मण्डल थियो ।”
कर्णाली प्रदेश भित्रिने सबै गाडी अब प्रदेश सरकारले स्वचालित रूपमा निगरानी गर्ने भएको छ । शुक्रबार कर्णाली प्रदेश भित्रिने नाका सुर्खेतको भेरीगङ्गा नगरपालिका–५, बबईमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले डिजिटल प्रविधिमा आधारित स्वचालित नम्बर प्लेट पहिचान गर्ने प्रविधि (डिजिटल चेक प्वाइन्ट) जडान गरेपछि प्रदेशमा भित्रिने सबै गाडीको निगरानी हुने भएको हो ।
स्थानीय सरकारलाई जोखिमयुक्त बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्नेसम्मको अधिकार छ तर कालीकोटका प्रायः स्थानीय तहका कतिपय बस्तीका नागरिक उच्च जोखिममा हुँदा पनि बस्ती सारी बचाउन कुनै पहल गरेका छैनन् ।
पर्यावरणमैत्री संरचनाको अभावमा भँगेराको सङ्ख्या तीव्र रूपमा घटिरहेको बताइएको छ । घर वरिपरि सजिलै पाइने भँगेरा पछिल्लो समय घट्दै गएको चरा संरक्षणकर्मीले बताएका हुन् । विगतमा धेरै पाइने भँगेरा अचेल अन्य प्रजातिका चराको तुलनामा तीव्र रूपमा कम भइरहेको चराविद् हिरूलाल डङ्गौराले बताउनुभयो ।
कैलालीको घोडाघोडी नगरपालिका–९ को सिमली जङ्गलमा बस्दै आएका विदेशी पर्यटकलाई २४ घण्टाभित्र ठाउँ छोड्न जिल्ला प्रहरी कार्यालय कैलालीले निर्देशन दिइएको छ ।
ताप्लेजुङको फुलबारीमा एक घरमा आगलागी हुँदा दुई लाख रुपियाँ बढीको क्षति भएको छ । आठराई त्रिबेणी गाउँपालिका –२, फुलबारी चोकपुरस्थित स्थानीय अम्बर सेन्दाङको घरमा शुक्रबार आगलागी हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो ।
बुद्ध जन्मस्थल लुम्बिनीमा दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव तथा अन्तर्राष्ट्रिय ध्यान महोत्सव सुरु भएको छ ।
मतपत्र त्रुटिका कारण रोकिएको पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आइतबार हुने भएको छ ।
मुग्लिङ–पोखरा सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको काम ८० प्रतिशतभन्दा बढी भएको छ ।
नेपाली भाषा नेपालको पहिचान, संस्कृति, र राष्ट्रिय एकताको प्रतीक हो । नेपाली भाषा नेपालको राष्ट्रिय भाषा हो, जुन सरकारी कामकाज, शिक्षण प्रणाली, सञ्चार माध्यम, तथा सामाजिक सञ्जालमा अनिवार्य प्रयोग गर्नु पर्छ । नेपाली भाषा सञ्चारको माध्यम मात्रै नभई नेपालको सांस्कृतिक सम्पदा, ऐतिहासिक दस्ताबेज, तथा साहित्यिक धरोहर पनि हो ।
हामीले नेपाललाई जलस्रोतको धनी देशका रूपमा बुझ्दै र पढ्दै आएका छौँ ।
नेपालको क्षेत्रफलले सबैभन्दा ठुलो जिल्ला डोल्पा जति ठुलो छ त्यति नै प्राकृतिक, जैविक विविधता, सांस्कृतिक र धार्मिक सम्पदाले पनि विशाल छ । रोचक तथ्य के छ भने यस जिल्लाको जनघनत्व अन्य जिल्लाभन्दा कमै छ तर हिउँचितुवाको घनत्व चाहिँ नेपालकै सबैभन्दा बढी छ । डोल्पा जिल्लाको समृद्धि
कुनै मठ वा कुनै देवीदेवताको पर्वपूजा वा जात्रा चलाउन वा कुनै धार्मिक परोपकारी कामका लागि कुनै मन्दिर देवस्थल, धर्मशाला पाटी, पौवा, पोखरी, तलाउ, बाटोघाटो, पुस्तकालय पाठशाला, औषधालय चिकित्सालय घर वा संस्था बनाउने वा चलाउन वा त्यसको संरक्षण गर्न कुनै दाताले चलअचल सम्पत्ति वा आयस्ता आउने अरू कुनै सम्पत्ति वा आफ्नो हक छाडी राखेको सम्पत्ति नै गुठी हो ।
विश्व कविता दिवसका अवसरमा साहित्य सदन नेपालको आयोजनामा राष्ट्रव्यापी कविता प्रतियोगितासहितको कविता महोत्सव, २०८१ शुक्रबार सम्पन्न भएको छ ।
नेपाली संस्कृतिको पहिचानका रूपमा रहेको पन्चैबाजाको प्रयोग बिस्तारै कम हुँदै गएको छ । बाह्य संस्कृति हाबी हुँदै जाँदा पञ्चैबाजाको प्रयोगमा कमी आएको देखिन्छ । स्याङ्जाको भिरकोट नगरपालिका–६, एकुवारका महिला समूह भने लोपोन्मुख बाजाको संरक्षणमा जुटेका छन् ।