बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ५१ वर्षीय शर्मिला पुन सहभागी हुनुहुन्छ ।
यहाँका सामुदायिक वनको खाली स्थानमा खेती गरेर महिलाले मनग्य आम्दानी गर्दै आएका छन् । मनहरी गाउँपालिकास्थित पशुपति, डिपाट र सुनाचुरी सामुदायिक वन क्षेत्र भएर जाने विद्युत् प्रसारण लाइन विस्तारका लागि ठूला रूख हटाएर खाली भएको ठाउँमा उहाँहरूले खेती गर्नुभएको हो ।
मङ्गला गाउँपालिकाले पूर्वाधार निर्माणमा छवटा गौरवका योजना सञ्चालन गरेको छ । आर्थिक वर्ष २०८१/८२ का लागि गाउँसभाबाट छनोट भएका र सङ्घ र प्रदेश सरकारबाट प्राप्त सडक, भवनलगायत ठूला योजनालाई ठेक्का प्रक्रियामार्फत कार्यान्वयन गर्न सुरु गरिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
सप्तकोशी नदीको पूर्वी तटबन्ध किनारका बढी पानीको चाप पर्ने स्परको पहिचान गरेर मर्मत गर्न थालिएको छ । कोशी प्रोजेक्ट अन्तर्गत भारतको जलसंसाधन विभागले वर्षामा
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले योजना माग्दा सक्रिय हुने तर बजेट परेपछि निष्क्रिय हुने प्रवृत्ति हटाउन सुझाव दिनुभएको छ ।
रुकुमपश्चिमको चौरजहारी नगरपालिकाबाट भूकम्प प्रभावितको निजी आवास पुनर्निर्माणका लागि काम सुरु भएको छ । २०८० कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट क्षति भएका घरको क्षति आकलनपछि पुनर्निर्माण सुरु भएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
सुर्खेत–जुम्ला (कर्णाली राजमार्ग) को यात्रा त्रासपूर्ण हुने गरेको छ । कर्णाली राजमार्गमा यात्रा गर्ने यात्रु सडकको जीर्ण अवस्था देखेपछि त्रासपूर्ण यात्रा गर्न बाध्य छन् ।
रामेछापमा आयुर्वेदिक उपचार पद्धतिमा बिरामीको आकर्षण बढ्दै गएको छ । अन्य उपचारबाट रोग निको नभएपछि आयुर्वेदिक उपचार लिन पुग्नेको सङ्ख्या उल्लेख्य रहेको छ ।
बैतडीमा यस वर्षको एसइईमा १२४ जना परीक्षार्थी अनुपस्थित भएका छन् ।
विश्वका कतिपय मुलुकबिचको सम्बन्ध असाध्य अनौठा हुन्छन् ।
चियाको कपमा तुफान भन्ने टुक्का त आफैँले पनि कति ठाउँमा प्रयोग गरियो तर साँच्चै त्यो कस्तो हुन्छ भन्ने चाहिँ यसपालि ज्ञानेन्द्र शाहको हरकतपछि अनुभव हुँदै छ ।
एसइई सुरु भएको छ । नेपालभरका ११ हजार २१६ वटा विद्यालयबाट पाँच लाख १४ हजार ७१ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । जसमध्ये १६ हजार ९४७ जना विद्यार्थी प्राविधिकतर्फ रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।