अमेरिकाको ऊर्जा सचिव क्रिस राइटले दक्षिण क्यालिफोर्नियामा अवस्थित तेल कम्पनीलाई सञ्चालन गर्न निर्देशन दिनुभएको छ । यस कदमले तेल आपूर्तिमा सम्भावित अवरोधलाई न्यून गर्ने र राष्ट्रिय ऊर्जा सुरक्षामा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
जेन-जी अगुवा रक्षा बमले अब बन्ने सरकारले भदौ २३ र २४ मा भएको जस्तो घटना पुनः दोहोरिन नदिने सुनिश्चितता गर्नुपर्ने बताउनुभएको छ ।
गत भदौ अन्तिम साताको जेन-जी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ ।
पर्यटन राजधानी पोखरामा यही चैत २८ गते रात्रि दौड प्रतियोगिता-२०८३ आयोजना हुने भएको छ ।
मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्धको दुई हप्ताभन्दा बढी समयपछि क्षेत्रको सुरक्षा र राजनीतिक अवस्था थप जटिल बनाएको छ । सेनाले भनेको छ, “पश्चिमी इरानमा इरानी समूहको पूर्वाधारलाई लक्षित गर्दै व्यापक स्तरको आक्रमण गरिएको थियो ।”
उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचन, २०८२ को समग्र समीक्षा तथा आगामी राजनीतिक कार्यदिशा निर्धारण गर्न दुई दिने विशेष समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नी किशोरी छोरीसँगै बहु-रकेट प्रक्षेपण प्रणालीको प्रत्यक्ष प्रहार अभ्यास अवलोकन गर्नु भएको छ ।
धनगढीस्थित चैतन्य पाठशालाको २५औँ वार्षिकोत्सव (रजत जयन्ती) को अवसरमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) वोर्ड सदस्य जगत टमटा सम्मानित हुनुभएको छ ।
श्रम संस्कृति पार्टीले समानुपातिक प्रणालीअन्तर्गत सिफारिस गरिएका उम्मेदवारको नाम आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां)को केन्द्रीय सचिवालय बैठकले समानुपातिक सांसदका लागि ५७ जनाको नाम सिफारिस गरेको छ ।
पशुपतिथानलाई केन्द्रमा पारेर धार्मिक पर्यटनलाई समेत टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा २०८२ को आयोजना हुने भएको छ ।
रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा सञ्चालन हुने 'उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम' को एघारौँ संस्करण आइतबारदेखि सुरु भएको छ ।
नेपाल दलित मुक्ति मोर्चाले किशोरो इनिशा विक हत्याको निष्पक्ष अनुसन्धान गरी घटनाका दोषीलाई कानुनबमोजिम कारबाही गर्न सरकारसमक्ष माग गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो पटक बैठक बसेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको खेलमा जावलाखेलले काँक्रेबिहारलाई ४–१ गोलले हरायो । खेलमा काँक्रेबिहारले सुरुवाती अग्रता लिएपनि फराकिलो हार खेप्यो ।