तनहुँस्थित पर्यटकीय नगरी बन्दीपुरको प्राचीनता र मौलिकतालाई जगेर्ना गर्ने काम अघि बढाइएको छ । यसका लागि बन्दीपुर गाउँपालिकाद्वारा बन्दीपुर नगरीलाई ‘संरक्षित क्षेत्र’ घोषणा गरिएको छ । संरक्षित क्षेत्रमा आधुनिक घर बनाउन, होर्डिङ बोर्ड राख्न प्रतिबन्ध लगाइएको छ भने मठमन्दिर तथा पुराना परम्परागत घरको संरक्षण तथा संवर्धन गरिएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट देशका विभिन्न सहरमा सिधा हवाई सेवा सञ्चालनको सम्भावनाबारे छलफल भएको छ । पोखरा महानगरपालिकाको पहलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र निजी क्षेत्रका हवाई सेवाप्रदायक आन्तरिक उडान कम्पनीका अधिकारीबिच सो विषयमा छलफल भएको हो ।
निसीखोला गाउँपालिका–५ को निसेलढोर कृषि उत्पादनका लागि उर्वर भूमिका साथै प्राकृतिक रूपले मनमोहक उपत्यका हो । पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा रहेको निसेलढोरमा अत्यधिक जाडो बढेपछि यहाँका बासिन्दा बेँसी अर्थात् निसी झर्छन् । अन्य समय निसेलढोरमै बसेर आलुखेती गर्छन् ।
काठमाडौँ, वैशाख २८ गते । कृषि मन्त्रालयकाअनुसार अप्रिल २७ सम्मको हप्तामा जापानको प्रति ५ किलो चामलको मूल्य चार हजार २ सय ३३ येन (लगभग ३० अमेरिकी डलर) को रेकर्डमा पुगेको छ । जुन लगातार १७ औं हप्ताको लागि उच्चतम स्तरमा पुगेको हो । एक वर्ष अघिको भन्दा दोब्बर भन्दा बढी रहेको छ । अप्रिल २१ र २७ को बिचमा देशभरका लगभग १ हजार सुपरमार्केटहरूमा बेचिएको ५ किलो चामलको औसत मूल्य अघिल्लो हप्ताको तुलनामा १३ येनले बढेको छ । जुन मार्च २०२२ मा तथ्याङ्क सङ्कलन सुरु भए देखिको उच्चतम स्तर हो । आपूर्ति स्थिर गर्न जापान सरकारले मार्चमा दुई चरणको लिलामी पछि क्रमशः दुई लाख १२ हजार १ सय ३२ टन भण्डारण गरिएको चामल जारी गर्दै आएको छ । मार्चमा सरकारले भण्डारण गरेको हजारौँ टन चामल लिलामी मार्फत जारी गरिएको भए पनि सुपर मार्केटको शेल्फमा थोरै मात्र चामल पुगेको छ । जसले गर्दा प्रमुख चामलको खुद्रा मूल्य निरन्तर उच्च रहेको स्थानीय सञ्चारमाध्यमले रिपोर्ट गरेको छ । सिन्ह्वाको सहयोगमा
नेपालमा २०६३ सालमा विस्तृत शान्ति सम्झौता भएपछि शान्ति प्रक्रियाले नयाँ चरणमा प्रवेश गरेको थियो । सम्झौताको १८ वर्ष बितिसक्दा पनि द्वन्द्वकालमा महिलामाथि भएका हिंसा, बलात्कार, जबरजस्ती विवाह, बेपत्ता पारिएका परिवारका पीडित तथा अन्य पीडित महिलाका मुद्दा अझै पूर्ण रूपमा सम्बोधन हुन सकेको छैन । सङ्क्रमणकालीन न्यायको प्रक्रियामा महिलाका पीडा प्राथमिकतामा नपरेको गुनासो गर्ने गरेको छ ।
राजन रावतहुम्ला, वैशाख २८ गते । २०७५ सालमा देशभर एकसाथ शिलान्यास गरिएका मध्यको एक सर्केगार्ड गाउँपालिका केन्द्रमा निर्माण गर्न लागिएको अस्पताल भवनको निर्माण कार्य चार वर्षमा पनि पूरा हुन सकेको छैन । अस्पताल भवन निर्माणको जिम्मा पाएका निर्माण कम्पनीको लापरबाहीको कारण भवन निर्माणमा ढिलाइ भएको हो । सम्झौता भएको दुई वर्षपछि मात्र अस्पताल भवनको निर्माण कार्य सुरु भएको प्रमुख प्रशासकीय अधिकृत कृष्णकेशर आचार्यले बताउनुभयो । उहाँले २०७८ साल जेठ महिनामा केएस कन्स्ट्रक्सनसँग गाउँपालिकाले उक्त अस्पताल भवनको सम्झौता भएको बताउनुभयो । उक्त भवनको निर्माण कार्य सम्पन्न गर्ने अवधि २०८३ साल साउन महिनासम्म रहेको छ । भवन निर्माणका लागि यति लामो अवधि राख्नु नै निर्माण कम्पनीले लापरबाही गर्ने बाटो रहेको उहाँले बताउनुभयो । त्यति बेला असी लाख रुपियाँ पेस्की लिने काम मात्र भए पनि काम सुरु भएको उहाँले बताउनुभयो । काम सुरु नगरेपछि निर्माण कम्पनीलाई कार्यालयमा बोलाएर ठेक्का रद्द गर्नेसम्मको कुरा उठाएपछि निर्माण कम्पनीले तत्काल काम सुरु गर्ने र समय मै सम्पन्न गर्ने कागज गरेपछि काम निर्माण कार्य अगाडि बढेको हो । कार्यालयको ताकेता पछि २०८० सालमा निर्माण कम्पनीले काम बल्ल सुरु गरेको थियो । बाह्र कोठे दुई तले भवन तल्लो तलाको संरचना अहिले पनि अधुरो अवस्थामा रहेको छ । पहिले लगेको पेस्की रकम फर्छ्यौट गरेर हाल निर्माण गरिएको कामको पनि बिल उठाएर सङ्घीय सरकारसँग दुई करोड एक लाख माग गरेर त्यो रकम पनि गाउँपालिकामा आई पुगेकोले अब निर्माण कम्पनीलाई भुक्तानी दिने तयारीमा गाउँपालिका रहेको छ । यो संरचना निर्माण कम्पनीले गत वर्ष असारमा निर्माण गरेको हो । उक्त रकम भुक्तानी दिएपछि भवनको बाँकी काम सुरु हुने र निर्माण कम्पनीले गरेको कामका आधारमा बाँकी भुक्तानीका लागि बजेट माग गरिने छ । भवनको हालसम्म पैँतीस प्रतिशत भौतिक प्रगति देखिएको छ ।
कृषिमा अर्ध यान्त्रिकीकरण हुँदा दक्षिणी मोरङका मकै उत्पादक किसान यतिबेला चिन्तामा छन् ।
उदयपुर र भोजपुर जोड्ने रानीटारस्थित सुनकोशी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुल निर्माणले आठ वर्षपछि गति लिएको छ । प्राविधिक समस्याका कारण लामो समयसम्म निर्माण अलपत्र हुँदै आएको दुई जिल्ला जोड्ने मोटरेबल पक्की पुलको कामले अहिले गति लिएको हो ।
चाँदनी आचार्यघोडाघोडी(कैलाली) वैशाख २८ गते । कैलालीमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका वडा नम्बर १ पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत लम्की बहुमुखी क्याम्पस नजिक गए राती मोटर साइकल दुर्घटना भएको थियो । बल्चौरबाट लम्की फर्किँदै गरेका सोही ठेगाना भएका लक्ष्मीप्रसाद रिमालको निधन भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । से ७ प ३२२३ नम्बरको मोटरसाइकल सवार रहेका रिमाल रोकिराखेको से १ त ९६२३ नम्बरको ट्याक्टरमा ठोक्किए गम्भीर घाइते भएपछि स्थानीय अस्पताल लगिएको थियो ।गयरातीनै रिमालको लालरत्न अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । रिमाल कैलाशधाम तीर्थस्थल लम्कीका संस्थापक अध्यक्ष रहेको जनाइएको छ ।
छोरीलाई आफ्नो अधिकारमा सचेत, सबल, सक्षम तथा आत्मनिर्भर बनाउन शनिबारदेखि सुर्खेतमा कर्णाली छोरी सम्मेलन सुरु भएको छ । सामाजिक विकास मन्त्रालय र श्री ज्योति फाउन्डेसनको आयोजनामा सोमबारसम्म सञ्चालन हुने छोरी सम्मेलनले कर्णालीका छोरीको चेतना जागृत गर्ने र स्वप्निल बन्न सिकाउने सामाजिक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।
उत्तरी नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँमा ६० वर्ष उमेर काटेका स्थानीयलाई सार्वजनिक काममा संलग्न हुनबाट रोक लगाएको छ ।
भोजपुर नगरपालिका–८ पोखरेस्थित सरस्वती आधारभूत विद्यालयमा ‘ई लर्निङ कक्ष’सञ्चालनमा ल्याइएको छ । यसका लागि १० थान कम्प्युटर र आवश्यक उपकरण जडान गरिएको छ ।
भरतपुर विमानस्थलमा निर्माणाधीन टर्मिनल भवनको निर्माण रोकिएको छ । भवनको छानोको डिजाइन परिवर्तन गरिएपछि चार महिनादेखि निर्माण कार्य रोकिएको हो । आधुनिक सुविधासम्पन्न हुने भवनमा सुरुको डिजाइनको छाना परिवर्तन भएर नयाँ बनाइएको निर्माण गर्दै गरेको क्षमादेवी कन्स्ट्रक्सन सोलुसन प्रालिका इन्जिनियर सुनील साहले जानकारी दिनुभयो ।
पुराणकथाअनुसार माझीले जालमा पारेको माछोको पेटबाट अत्यन्त सुन्दर कन्या प्रकट हुन्छिन् । तिनै हुनुहुन्छ मत्श्यकन्या । शीर्षकमा मिथकीय सम्मिश्रण छ । चार वेद लेख्ने वेदव्यास माझीपुत्र हुनुहुन्थ्यो । पुराणमा उहाँले मत्श्यगन्धाको कथा लेख्नुभएको छ । महाभारत उहाँले लेख्नुभयो र सूर्यको छोरा कर्णलाई प्रारब्धले माझीको धर्मपुत्र बनाएको कुरा लेख्नुभयो ।
सिन्धुपाल्चोकका अधिकांश स्थानीय तहले जथाभाबी फोहोर फाल्ने गरेका छन् । यहाँका १२ वटा स्थानीय पालिकाको फोहोर व्यवस्थापन गर्ने निश्चित स्थानको अभावमा सधैँ दुर्गन्ध फैलिने गरेको छ ।