हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्फयुक्त हावाकोसमेत आंशिक प्रभाव रहेको छ ।
नेपाल जग्गा तथा आवास विकास सङ्घको अध्यक्षमा इञ्जिनियर दीपक कुँवर निर्वाचित हुनुभएको छ । सङ्घको गएराति सम्पन्न १८औँ वार्षिक साधारणसभा तथा निर्वाचनमा सिडी डेपलपर्स प्रालिका प्रबन्ध निर्देशक कुँवरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।
नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रका मुख्य मुख्य तथ्याङ्कको विश्लेषणसहितको मासिक तथ्याङ्क संस्करण ‘बीमा प्रतिबिम्ब’ को प्रकाशन सुरू गरेको छ ।
हिरासिंह भण्डारीको बेदकोट नगरपालिका–९ सुन्दरपुरमा डेढ बिघा जग्गा थियो । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज) विस्तारका क्रममा २०५८ मङ्सिर १२ गते उहाँ त्यहाँबाट विस्थापित हुनुभयो ।
रघुगङ्गा गाउँपालिका–७ चिमखोलाकी ८१ वर्षीया सुकुमा नेपालीले तीन वर्षदेखि आँखामा मोतियाबिन्दुको समस्या देखिएपछि राम्रोसँग आँखा देख्न छाड्नुभएको थियो ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा कायम भएको छ ।
चितवनको खैरहनी नगरपालिका–१२ चिसाहानीका हरि अर्यालले १३ वर्षअघि माछापालन सुरु गर्नुभयो । साथीभाइले माछापालन गरेको देखेर उहाँले पाँच कठ्ठा जमिनमा पोखरी खनेर माछापालन सुरु गर्नुभएको हो ।
उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका लोमान्थाङमा शनिबारदेखि सदियाँै वर्षदेखि चल्दै आइरहेको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्व तिजी औपचारिक रूपमा सुरु भएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
७२ औँ सगरमाथा दिवस भव्यताका साथ मनाउने तयारी गरिएको छ । जेठ १३, १४ र १५ गते खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा ५ नाम्चेमा सगरमाथा दिवस मनाउने तयारी गरिएको हो ।
अछामको ढकारी गाउँपालिकाले नयाँ एम्बुलेन्स खरिद गरेको छ । गाउँपालिकाले नागरिकको सेवाका लागि नयाँ एम्बुलेन्स खरिद गरेको हो । गाउँपालिकाको यस आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत खरिद गरेको नयाँ एम्बुलेन्स गाउँपालिकामा आइपुगेको हो ।
साँफेबगर नगरपालिका बजेटको तयारीमा जुटेको छ । असार १० भित्रै नगर सभा बोलाएर आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था अनुसार साँफेबगर नगरपालिका बजेटको तयारीमा अगाडि बढेको हो ।
चालु आर्थिक वर्षको बजेट खर्च कार्यान्वयनमा बागमती प्रदेश सरकार निराशाजनक देखिएको छ ।
बर्सातमा पहिरो आएर राजमार्ग अवरुद्ध हुन सक्ने जोखिम आउन नदिन डिभिजन सडक कार्यालय भरतपुरले सतर्कता अपनाएको छ ।
तनहुँ, जेठ ११ गते । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट गएराति जिप खस्दा मृत्यु भएका तीन जनाको सनाखत भएको छ । मृत्यु हुनेमा व्यास –५ पाटन बस्ने अन्दाजी ३५ वर्षीय प्रविन थापा मगर, सोही ठाउँ बस्ने २२ वर्षीय कुमार थापा र २०र२२ वर्षीय कुशल थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिनुभयो । दुर्घटनामा जिप चालक व्यास नगरपालिका–४ बस्ने २५ वर्षीय रोहित गुप्ता र वीरगञ्ज घर भई दमौली बस्ने २० वर्षीय धीरज रौनियार घाइते भएका छन् । घाइतेमध्ये धीरजलाई थप उपचारका लागि पोखरा पठाइएको छ । दुर्घटनाका घाइतेलाई नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरेका थिए ।