• ११ जेठ २०८२, आइतबार

ढकारीले ल्यायो नयाँ एम्बुलेन्स

blog

साँफेबगर, समाचारदाता

अछाम, जेठ ११ गते । अछामको ढकारी गाउँपालिकाले नयाँ एम्बुलेन्स खरिद गरेको छ । गाउँपालिकाले नागरिकको सेवाका लागि नयाँ एम्बुलेन्स खरिद गरेको हो । गाउँपालिकाको यस आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत खरिद गरेको नयाँ एम्बुलेन्स गाउँपालिकामा आइपुगेको हो ।

करिब २५ लाख रुपियाँको लागतमा खरिद गरिएको उक्त एम्बुलेन्स आइतबारदेखि औपचारिक रूपमा नागरिकको सेवामा सञ्चालनमा आउने बताइएको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश साउदले एम्बुलेन्सको आगमनले गाउँपालिकाको स्वास्थ्य सेवा प्रणालीमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । गाउँपालिकाका अध्यक्ष साउदले भन्नुभयो, “नयाँ एम्बुलेन्सले आइतबारबाट सेवा दिन सुरु गर्ने छ ।”