नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन गर्ने माग राख्ने जेनजी युवाको अभिभावक नै नेकपा भएको बताउनुभएको छ ।
सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिको वैधताबारे कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ ।
आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकारी तुलाधर, सगुनशमशेर राणा र अन्य अधिकारीहरू समेतको टोली छलफलका लागि आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको थियो।
कोशी प्रदेशसभाको सचिव पदमा सुदर्शन खड्का नियुक्त हुनुभइ आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले अबैध रुपमा भित्रिएका सुर्तीजन्य पदार्थ र लत्ताकपडा बरामद गरेको छ । पाल्पाको बगनासकाली र रम्भा गाउँपालिकाका विभिन्न स्थानमा केही मानिसले बिक्री गरेको अवस्थामा प्रहरीले अबैध सामग्री बरामद गरेको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधवार विहान प्रादेशिक अस्पताल पुगेर अस्पतालमा उपचार गराइरहेका विरामी र मंगलबार भएको आन्दोलनको क्रममा घाइते भएकाहरुको अवस्थावारे जानकारी लिनुभएको छ ।
हातमा सालको पात र बाँसको सिन्का लिएर दुना टपरी गाँस्दै गर्नुभएकी सरस्वती पौडेल उमेरले भर्खर नौ वर्ष पुग्नुभयो । उहाँ नवलपुरको कावासोती नगरपालिका ७ मा रहेको सूर्योदय आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत हुनुहुुन्छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी निर्वाचनको वातावरण निर्माणमा जुट्न सबै पक्षलाई आग्रह गर्नुभएको छ ।
जावलाखेलस्थित सदर चिडियाखानामा आजदेखि पूर्ण रूपमा कालो रङ भएको चितुवा (ब्ल्याक प्यान्थर) अवलोकनका लागि राखिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँले गरेको गत आर्थिक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षाका आधारमा गोकर्णेश्वर नगरपालिका उत्कृष्ट भएको हो ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाले पार्टी महाधिवेशनको विषयमा पक्षविपक्षमा बाँडिएर द्वन्द्व बढाउने भन्दा विशेष महाधिवेशनको माग राख्ने साथीको भावनालाई समेटेर केन्द्रीय समितिबाट सर्वसम्मत समाधान खोज्नुपर्ने बताउनुभएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले प्रहरी सेवामा रहँदा र नेतृत्वमा छोटै समय रहनु भए पनि उहाँले देखाउनु भएको बौद्धिकता र पेसाप्रतिको दक्षताले प्रहरीभित्र कर्मचारीको मनोबल उच्च नै रहेको बताउनुभएको छ।
झापाको दमक नगरपालिका– ५ स्थित श्री दीपिनी आधारभूत विद्यालयमा कार्यरत शिक्षक देवी निरौलाविरुद्ध फर्जी शैक्षिक योग्ताको प्रमाणपत्र पेस गरेको मुद्दा दायर भएको छ।
हालै सार्वजनिक गरिएको एक अन्तर्राष्ट्रिय सर्वेक्षणले मानिसका लागि कृत्रिम बुद्धिमत्ता (एआई) द्वारा सिर्जना गरिएको सङ्गीत र मानवद्वारा कम्पोज गरिएको सङ्गीतबिचको भिन्नता छुट्याउन झण्डै असम्भव भइसकेको देखाएको छ ।
गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले गत भदौ २३–२४ गतेको आन्दोलनले जेनजी पुस्तामाथि नै न्याय गर्न नसकेको बताउनुभएको छ । बुधबार बाँकेको नेपालगञ्जस्थित नेकपा (एमाले) को पार्टी कार्यालयमा प्रेस चौतारी बाँकेद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।