शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अविनाश चौधरी
धनगढी, कात्तिक २६ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी निर्वाचनको वातावरण निर्माणमा जुट्न सबै पक्षलाई आग्रह गर्नुभएको छ ।
बुधबार अछाममा आयोजित स्थानीय तहका जनप्रतिनिधि र कार्यालय प्रमुखसहित सुरक्षा निकायसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले निर्वाचनको वातावरण निर्माणमा जुट्न सबैलाई आग्रह गर्नुभएको हो ।
मुलुक निर्वाचनको दिशामा अगाडि बढिसकेको उल्लेख गर्दै उहाँले राजनीतिक र प्रशासनिक सबै निकायले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । जेनजी आन्दोलनपछि बनेको सरकारको पहिलो दायित्व निष्पक्ष र स्वच्छ रुपमा निर्वाचन सम्पन्न गराउनु रहेको मुख्यमन्त्रीको भनाइ छ ।
उहाँले त्यसका लागि सरकारले शान्ति, सुव्यवस्था कायम गरेर जनतालाई सुरक्षाको प्रत्याभूति गराउनु पर्ने बताउनुभयोे ।