नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २० दशमलव ५६ अङ्कले घटेर दुई हजार ५४४ दशमलव ५९ को विन्दुमा कायम भएको छ ।
महोत्तरीको सोनमा गाउँपालिकाको खेश्राहामा गए राति डुबेर एक बालिकाको मृत्यु भएको छ । सोनमा गाउँपालिका–४, खेश्राहा बस्ने दुलारचन महतो नुनियाको तीन वर्षिया छोरी सीताकुमारी महतोको मंगलबार राति सोही ठाउँको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७, ओलाङचुङ्गोला क्षेत्रस्थित सिङ्जेमा ताल पुग्ने पदमार्गमा रहेको काठेपुल तर्दै तालतर्फ गइरहेका आन्तरिक पर्यटक ।
तनहुँमा मादी नदीमाथि निर्माणाधीन चार लेनको पुलको काम ८० प्रतिशत सम्पन्न भएको छ। नेपालमै पहिलो पटक चार लेन क्षमताको आर्क डिजाइनमा निर्माण भइरहेको उक्त पुल पृथ्वीराजमार्गअन्तर्गतको मुग्लिन–पोखरा सडक योजनाको महत्त्वपूर्ण संरचना हो।
विद्युत कटौती भएका दाङका दुई सिमेन्ट उद्योगले महसुलको पहिलो किस्ता तिरेका छन् ।
ताप्लेजुङस्थित कञ्चनजङ्घा संरक्षण क्षेत्रका बासिन्दालाई हस्तकला र होमस्टे (घरबास) सम्बन्धी तालिम प्रदान गरिएको छ। पर्यटन प्रवद्र्धन र स्थानीयको आयआर्जन वृद्धि गर्नमा सहयोग पु¥याउने उद्देश्यले संरक्षण क्षेत्रका बासिन्दालाई तालिम प्रदान गरिएको हो।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पूर्व उपप्रधानमन्त्री भीम रावललाई स्वागत गरेको छ। बुधबार राष्ट्रिय सभागृहमा विशेष कार्यक्रमको आयोजना गर्दै नेकपाले रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपाललाई पार्टीमा समायोजन गरेको हो।
नेपालले भारतमा जारी दृष्टिविहीन महिला टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ ।
उत्तरी चीनसँग सिमाना जोडिएका माथिल्लो मुस्ताङका शैक्षिक संस्था जाडो छल्न बेँसीमा स्थान्तरण गरिएको छ ।
इस्लामी सङ्घ नेपालले देशव्यापी रुपमा मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोगका लागि प्रेरित गर्न जागरण अभियान सञ्चालन गरेको छ ।
यो वर्ष पूूर्वी नवलपरासीमा वर्षाले धान बालीमा एक करोड ८० लाख रुपियाँ बरारको क्षति भएको छ। कृषि विकास कार्यालयका प्रमुुख कुुलप्रसाद तिवारीका अनुसार काटेको धान पानीले भिजेर कामै नलाग्ने हुँदा ठुलो क्षति भएको हो।
लालिगुँरास एसोसिएसन क्लब एन्फा राष्ट्रिय लिगमा छनोट भएको छ ।
मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माण भइरहेको चार लेनको पुल । उक्त पुलको काम करिब ८० प्रतिशत सकिएको जनाइएको छ ।
सिन्धुलीको दुधौली नगरपालिका–४, लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।
यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभाको निर्वाचनका लागि हाल फोटोसहितको मतदाता नामावली दर्ता गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।