• २६ कात्तिक २०८२, बुधबार

लालिगुँरास एसोसिएसन राष्ट्रिय लिगमा छनोट

blog

लालिगुँरास टोली । तस्बिर : एन्फा

काठमाडौँ, कात्तिक २६ गते । लालिगुँरास एसोसिएसन क्लब एन्फा राष्ट्रिय लिगमा छनोट भएको छ ।

हेटौडास्थित गौरिटार रङ्गशालामा जारी प्रतियोगिताअन्तर्गत समूह ‘ए’ को खेलमा चित्लाङ एफसीलाई ३–० गोलले हराउँदै लालिगुँरासले एक खेल अगाडि नै राष्ट्रिय लिगमा स्थान बनाएको हो ।

लालिगुँरासलाई जिताउन लक्ष्छु थापा,आशिष गुरुङ र सुलेमान थापामगरले गोल गर्नुभएको थियो । यसअघि समूह ‘बी’ बाट काँक्रेबिहार राष्ट्रिय लिगमा छनोट भइसकेको  छ ।

छनोट खेलमा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । राउन्ड रोविन खेलपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।  सेमिफाइनल पुग्ने टोली राष्ट्रिय लिगमा छनोट हुनेछन् ।