शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
होमराज रानाभाट
कावासोती, कात्तिक २६ गते। यो वर्ष पूूर्वी नवलपरासीमा वर्षाले धान बालीमा एक करोड ८० लाख रुपियाँ बरारको क्षति भएको छ। कृषि विकास कार्यालयका प्रमुुख कुुलप्रसाद तिवारीका अनुसार काटेको धान पानीले भिजेर कामै नलाग्ने हुँदा ठुलो क्षति भएको हो।
जिल्लामा एक सय ९० हेक्टर क्षेत्रफलमा काटिएको धान भिजेर क्षति भएको उहाँको भनाइ छ। जसबाट ५२१ मेट्रिक टन धान नष्ट भएको छ।
अहिलेसम्म किसानले जिल्लामा लगभग ८० प्रतिशत धान काटिसकेका छन्। सबै धान काटिसकेपछि यसको यकिन तथ्याङ्क सार्वजनिक हुने कृषि विकास कार्यालयका सूचना अधिकृत सञ्जय ढकालको भनाइ छ।