निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन दर्ताको निवेदन दिएका दलहरूको दर्ता स्वीकृत गरी निर्वाचन चिह्न प्रदान गरेको छ । राष्ट्रिय सभामा रिक्त हुने १८ पदका लागि आगामी मा
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारीको इन्धन प्रणाली परिवर्तन गरी वातावरणमैत्री बनाउन चाहनेका लागि कानुनी व्यवस्था खुला गरेको छ । यो व्यवस्था दोस्रो पटक तीन वर्षका लागि खुला गरिएको हो ।
नेपालमा भारतीय एक सय रुपियाँभन्दा ठुला दरका नोट पनि चलनचल्तीमा ल्याउन भारतीय रिजर्भ बैङ्कले अनुमति दिएको छ । सन् २०१६ नोभेम्बरमा भारतले ठुला नोटमा नोटबन्दी गरेसँगै नेपालमा
प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार सम्पूर्ण रूपले तयारीमा जुटेको बताउनुभएको छ । निर्वाचन सफल बनाउन सबै नेपालीको सहभागिता र सहयोगको पनि उहाँले अपेक्षा गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव तथा उपन्यासकार सविन प्रियासनको १३ औँ कृति ‘नयाँ लुगा’ को बिहीबार घोराहीमा विमोचन गरिएको छ। राप्ती साहित्य परिषद् दाङ शाखाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा परिषद्का पूर्व अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम खनालले उपन्यासको विमोचन गर्नुभयो।
प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उहाँले शुक्रबार अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक आह्वान गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ। आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार चौथो पटक म्याद थप गरिएको समयसीमाभित्र नै काम सम्पन्न गर्ने लक्ष्यका साथ अहिले कामलाई गति दिइएको छ।
नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार छैटौं जित निकाल्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गरेको छ ।
नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको १५औँ महाधिवेशनलाई भव्य र सफल बनाउन पार्टीका सबै तहका नेता–कार्यकर्ता एकजुट भएर जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने धारणा राख्नुभएको छ।
बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। बागलुङ नगरपालिका–८ सिगानामा जीप दुर्घटना हुँदा घाइते ८ मध्ये दुईको अवस्था चिन्ताजनक छ।
पूर्वाञ्चल विश्वविद्यालयको विराटनगरमा अवस्थित डीन कार्यालयमा नेपाली काँग्रेसका स्थानीय कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् ।
नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले एघारौं महाधिवेशनको सन्दर्भमा अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा कोही उभिनुपर्ने कुनै कारण नभएको बताउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले अपराधिक घटनामा तत्काल कारवाहीका लागि नेपालगन्जमा प्रहरीको ‘क्विक रेसपोन्स टोली’ खटाएको छ ।
म्याग्दीको मालिका गाउँलालिका-६, दरबाङमा सप्पन्न अन्तर मावि विद्यालय स्तरीय छैटौं रास्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि किसानी माविले हात पारेको छ ।
मेरिङदेन गाउँपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा पाथीभरा याङवरक गाउँपालिकालाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।