कतिपय स्थानीय तहले करारमा कार्यरत कर्मचारी हटाउँदा स्थानीय तहको सेवै ठप्प हुन थालेका छन् । स्थानीय तहका भेटरिनरी, कृषि प्राविधिक, इन्जिनियर, एम्बुलेन्स चालक, पालिकास्तरीय अस्पतालका नर्स, ल्याब टेक्निसियनलगायतका कर्मचारी हटाउँदा उक्त निकायबाट प्रदान गरिने सेवै ठप्प भएको हो । सरकारले स्वीकृत दरबन्दीभन्दा बाहिरका करारका कर्मचारी हटाउन तिनै तहका सरकारलाई आग्रह गरेपछि अहिले कतिपय स्थानीय तहमा करारका कर्मचारी हटाउँदा दैनिक अत्यावश्यक सेवा ठप्प भएका हुन् ।
सर्वोच्च अदालतले ‘भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग’ का पदाधिकारीविरुद्धको रिट खारेज गरेको छ । सर्वोच्चको पूर्ण इजलासले शुक्रबार रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो । पूर्ण इजलासले निर्देशनात्मक आदेश लिखित रूपमा भने सार्वजनिक गरेको छैन ।
स्थानीय अर्थतन्त्रको सशक्तीकरणका लागि युवा सहभागिता अपरिहार्य रहेको बक्ताहरुले बताएका छन् । नेपालगञ्जमा आज आयोजित नीति संवाद तथा कार्यशाला गोष्ठीमा सहभागीले यस्तो बताएका हुन् ।
हुम्लाको खार्पुनाथ गाउँपालिका–२, थालीमा शुक्रबार साँझ भएको आगलागीमा १६ महिनाका रेबेन्द्र जेठाराको जलेर मृत्यु भएको छ भने उहाँकी आमा बर्रा जेठारा घाइते हुनु भएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी पुस्ताका सबै युवा शक्तिलाई सुशासनका सबै खाले मानकहरूमा परिपक्व बन्दै सबै क्षेत्रमा खरो र जिम्मेवार ढङ्गले प्रस्तुत हुन सुझाव दिनुभएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ।
सरकारले पुस १५ गतेलाई च्याउ दिवसको रुपमा मनाउने निर्णय गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा पुस १५ गते राष्ट्रिय च्याउ दिवस मनाउने निर्णय भएको हो।
नेपाली कम्युनिस्ट पार्टी ताप्लेजुङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ खेलप्रसाद बुढाक्षेत्री (पराग) को एकल नाम सिफारिस गर्ने भएको छ।
बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछाने अवद्ध टिम राजशी वारियर्स विजयी भएको छ।
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले सार्वजनिक निकायमा रहेको सूचनामा नागरिकको सरल र सहज पहुँच अभिवृद्धि गर्ने कार्यमा तदारुकतासाथ लाग्न सरोकारवाला निकायलाई आग्रह गर्नुभएको छ ।
रञ्जिता श्रेष्ठ अध्यक्ष रहनुभएको नागरिक उन्मुक्ति पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपालबिच एकता हुने भएको छ ।
ताप्लेजुङबाट करदाता सेवा कार्यालयले दिने सेवा सुरु भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङबाट उक्त सेवा सुरु भएको हो ।
‘यत्तिका राम्रो सुन्तला उत्पादन हुँदैनथ्यो भने बसाइ सरिसकेको हुन्थेँ, यसले दिने आम्दानी सम्झेर अडिएको छुँ’ पाँचथरको फाल्गुनन्द –७ का लिलाबल्लभ नेपाल (दुर्गा) ले भन्नुभयो ।
ताप्लेजुङमा सशस्त्र प्रहरीले एक विद्यालयमा शितलहर, हुस्सु र लागुऔषध दुव्र्यसनसम्बन्धी सचेतनामुलक कक्षा सञ्चालन गरेको छ ।
गएको असोज १८ गतेको बाढीपहिरो र विपदपछि उत्पन्न असहज परिस्थितिमा उद्धार र राहतको कार्यमा सहयोग गरेको भन्दै जिल्ला प्रशासन कार्यालय इलामले जिल्लाका दश संस्थालाई सम्मान गरेको छ ।