दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योलविरुद्ध सन् २०२४ मा मार्सल ल लागु गर्ने असफल प्रयास तथा पदमा रहँदा उत्पन्न भएका अन्य गम्भीर आरोप सम्बन्धी सात आपराधिक मुद्दा मध्ये पहिलोमा स्वतन्त्र अभियोजन कर्ताले शुक्रबार १० वर्षको जेल सजाय माग गरेका छन् ।
वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)को संरक्षण प्रयासको प्रशंसा गर्नुभएको छ ।
नेकपा (एमाले) बाँकेले हालै राजधानीमा सम्पन्न महाधिवेशनको सन्देश गाउँ तहसम्म पुर्याउन जिल्लास्तरीय भेला गरिरहेको छ ।
नेपालकै तेस्रो पर्यटकीय क्षेत्र सौराहामा शुक्रबारबाट चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ सुरु भएको छ।
जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चार माध्यमका अनुसार प्रस्तावित रक्षा बजेट नौ खर्ब चार अर्ब येन पुगेको छ, जुन करिब ५८ अर्ब अमेरिकी डलर बराबर हुन्छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
जापानको मध्य भागमा पर्ने शिजुओका प्रान्तको मिशिमा सहरस्थित एक कारखानामा भएको चक्कु प्रहारमा १४ जना घाइते भएका छन् ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताउनुभएको छ ।
बिहान घरबाट ‘मेनपावर’ जान्छु भनेर हिँडेको छोरो बेलुका यो संसारमा रहेन भन्ने खबर सुन्दा एउटी आमालाई कति दुःख लाग्यो होला ?
बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिनुभएको छ ।
म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो चरण हुँदै छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ।
सर्लाहीको कौडेना गाउँपालिका–३ पर्सास्थित लखनदेही खोलाको बाढीले बगाएको हुलाकी राजमार्ग । गत असोज १८ गतेका दिन बाढीले हुलाकी राजमार्ग बगाएको थियो तर अहिलेसम्म सडक बन्न सकेको छैन ।
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । उहाँले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ समारोहमा शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।