ढकमक्क तोरी फुलेपछि कैलालीको खेतबारी फहेँलपुर बनेको छ । किसानले खेतबारीमा छरेको तोरी यतिबेला प्रायः सबैतिर फुल्दा पहेँलपुर भएको हो ।
नेपाली कांग्रेस विशेष महाधिवेशन मागकर्ता महाधिवेशन प्रतिनिधिले तोकिएको समयभित्र १५ औं नियमित महाधिवेशन नभए स्वतः विशेष महाधिवेशन गर्न माग गरेका छन् ।
नेपाली कांग्रेसका नेता नैनसिंह महरले विद्यार्थीको हातमा एकातिर प्रमाणपत्र र अर्कोतिर पासपोर्ट हुने बाध्यताको अन्त्य अब यही पुस्ताको पालामा हुनुपर्ने बताउनुभएको छ ।
चीनको विद्युत उत्पादन क्षमता नोभेम्बर महिनासम्म तीन अर्ब ७९ करोड किलोवाट पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १७.१ प्रतिशतले बढी हो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग निर्वाचनको बाटोमा धेरै अगाडि बढिसकेको भन्दै घोषित मितिमा निर्वाचन हुनेमा कुनै शङ्का नरहेको बताउनुभएको छ ।
लमजुङमा निर्माणाधीन सुपरखुदी जलविद्युत् आयोजनाको मुख्य सुरुङ (ब्रेक थ्रु) छेडिएको छ । मस्र्याङ्दी गाउँपालिका –२ घनपोखरामा निर्माणाधीन २६ मेगावाट क्षमताको यस आयोजनाले ४.३७१ किलोमिटरको मुख्य सुरुङको ब्रेकथ्रु गरेको हो ।
ताप्लेजुङमा ढुङ्गाले लागेर शुक्रबार एक मजदुरको मृत्यु भएको छ । प्रहरीका अनुसार फक्ताङ्लुङ गाउँपालिकास्थित तमोर –५ जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको ढुङ्गा लागेर मृत्यु भएको हो ।
शैली थिएटरको आयोजना र ओजस थियटरको सहकार्यमा १७औँ राष्ट्रिय बालनाटक महोत्सव हुने भएको छ ।
विभिन्न १४ वटा राष्ट्रले इजरायली सुरक्षा मन्त्रिपरिषदले वेस्ट ब्याङ्कमा प्रस्तावित १९ वटा नयाँ बस्तीलाई स्वीकृति दिएकोमा आलोचना गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै बेलायत, स्पेन, फ्रान्स, जर्मनी, क्यानडा,जापानलगाएतका देशले आलेचना गरेको जनाइएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ, काठमाडौँमा कार्यरत तत्कालीन प्रहरी सहायक निरीक्षक चक्रदेव भट्टविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोपपत्र दायर भएको छ ।
नेपालगन्जमा शनिबार चौथो खुला ब्यायाम प्रतियोगिता हुने भएको छ । नेपाली युथ फिटनेस एण्ड क्यालिस्थेनिक्स नेपालगन्जको आयोजनामा हुन लागेको प्रतियोगितामा देशभरका एकसय बढी खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।
विभिन्न १४ वटा राष्ट्रले इजरायली सुरक्षा मन्त्रिपरिषदले वेस्ट ब्याङ्कमा प्रस्तावित १९ वटा नयाँ बस्तीलाई स्वीकृति दिएकोमा आलोचना गरेका छन् ।
निर्वाचन आयोगले राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन मिडिया सेन्टर सञ्चालनमा ल्याएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर फेला पारी आज सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ ।
मधेश प्रदेशका सभामुख रामअशिष यादवले मधेश प्रदेश सरकारले प्रदेशमा सुशासनका साथै मधेश प्रदेशको समृद्धि र लोकतन्त्रको मजवुतिका लागि काम गरोस् भने मधेश प्रदेशसभा चाहेको बताउनुभएको छ ।