काठमाडौं, असार २८ गते । मनोरञ्जन कर, डिजिटल बोर्ड र कल्याणकारी कोषको विषयलाई लिएर काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन) र फिल्मकर्मीबीच मंगलबार छलफल भएको छ ।चलचित्र महासंघका महासचिव तथा निर्देशक अशोक शर्माको नेतृत्वमा छलफलमा सहभागी फिल्मकर्मीले मनोरञ्जन करमा २ प्रतिशत छुट दिनुपर्ने, प्रचारप्रसारका लागि डिजिटल बोर्डमा सघाउनुपर्ने, वडामा कम्पनी दर्ता, नगर क्षेत्रका विभिन्न ठाउँमा सहज रुपमा छायांकन गर्न पाउनुपर्ने र विद्यमान कल्याणकारी कोषको रकम वृद्धि गर्नुपर्ने माग राखेका हुन् ।भेटघाट टोलीमा संगीतकार शम्भुजित बास्कोटा कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, कलाकार तथा निर्देशक निश्चल बस्नेत, दिपाश्री निरौला, खगेन्द्र लामिछाने र कलाकार निर्मल शर्मालगाएत अन्यको उपस्थिति थियो ।महानगरले निश्चित स्थानमा मात्रै डिजिटल बोर्ड स्थापना गर्न अनुमति दिएको कारण फिल्मको प्रचारप्रसारमा समस्या भएको छ । फिल्मकर्मीले यसतर्फ सहजीकरण गर्न प्रमुख बालेनलाई आग्रह गर्नुभएको हो ।
प्रतिपक्षी दलका सांसद उपस्थिति नभएपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ।
शालिग्राम नेपालचितवन, असार २८ गते। नेपाल पत्रकार महासङ्घ चितवन शाखाले जिल्लाका चार जना ज्येष्ठ पत्रकारलाई भत्ता वितरण गरेको छ।मङ्गलबार भरतपुर महानगर पालिकामा आयोजित कार्यक्रमा ६० वर्ष पुगेका चितवनका चार जना पत्रकारलाई मासिक चार हजारका दरले तीन महिनाको रकम वितरण गरेको हो। वैशाख, जेठ र असार महिनाको १२ हजारका दरले भत्ता वितरण भएको हो। भत्ता पाउनेमा डिआर पोखरेल, मोहन पोखरेल, रेशम विरही र महेन्द्र श्रेष्ठ हुनुहुन्छ। पत्रकारका लागि महासङ्घले गरेको यो कार्य इतिहासमा महत्त्त्वपूर्ण भएको पत्रकार महासङ्घका सचिव सिर्जना अर्यालले बताउनुभयो। आगामी दिनमा भत्ताको रकम बढाएर लैजाने महासङ्घ चितवनका अध्यक्ष नारायण अधिकारीले जानकारी दिनुभयो। महासङ्घले कोष खडा खडा गरेर भत्ताको सुरुवात गरेको हो। यसैबीच भरतपुर महानगरपालिकाले पत्रकार महासङ्घ चितवनको ज्येष्ठ पत्रकार निवृत्तिभरण कोषमा २० लाख रकम सहयोग गरेको छ। महानगर प्रमुख रेनु दाहालले पत्रकारको लागि सम्मान गर्न सहयोग गरेको बताउनुभयो। पेसाबाट जीवनको उत्तरार्धतर्फ जाँदा सम्मान स्वरुप केही रकम प्राप्त होस् भन्दै कोषमा रकम सहयोग गरेको उहाँको भनाइ छ।
काठमाडौं, असार २८ गते । कमेडी फिल्म ‘पोइ पर्यो काले’ को सिक्वेल निर्माण हुने भएको छ । फिल्मको सिक्वेलको नाम ‘पोइ पर्यो बुढो’ राखिएको छ । फिल्म आउँदो मङ्सिरबाट छायाङ्कन हुने तयारीमा रहेको निर्माण टिमले जनाएको छ । अगत केसीले पटकथा लेखिरहेको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्ने भनिएको छ । 'रेडबर्ड प्रोडक्सन'को ब्यानरमा निर्माण हुने फिल्ममा प्रस्तुति गण्डकी प्रदेशका खेलकुद मन्त्री दीपक मनाङेको हुनेछ भने कार्यकारी निर्माताको रूपमा किरण हुनेछन्। चलचित्र विकास बोर्डमा यो शीर्षकमा फिल्म दर्ता भइसकेको छ । सन् २०१९ मा रिलिज भएको फिल्म ‘पोइ पर्यो काले’ले सफलता हात पारेपछि सिक्वेल निर्माण अगाडि बढाइएको हो ।
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसदका दुवै सदनबाट पारित भएका पाँच वटा विधेयक प्रमाणित गर्नुभएको छ ।
धरानमा नगरप्रमुख हर्कराज राईको नेतृत्वमा जनताको श्रमदानबाट पकुवा खोलाबाट खानेपानी ल्याइएको छ।
नेपालमा पछिल्लो केही दिनदेखि कोरोना सङ्क्रिमणदर बढ्दै गइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलयाका अनुसार देशभरबाट २४ घण्टामा १७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
क्षयरोग अन्त्यको लागि पञ्चवर्षीय राष्ट्रिय रणनीतिक योजना सार्वजनिक भएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले काठमाडौंमा एक कार्यक्रमका बीच क्षयरोग अन्त्य गर्ने उद्देश्यले वि.सं. २०७८/७९ देखि २०८२/८३ सम्मका लागि पञ्चवर्षीय राष्ट्रिय रणनीतिक योजना सार्वजनकि गरेको हो ।
सङ्घीय संसद्अन्तर्गत बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।
काठमाडौं, असार २८ गते। पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालयका निर्देशकसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४७ लाखभन्दा बढी बिगोसहितको भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालय कार्यालय, हरिहरभवन, ललितपुरका कार्यक्रम निर्देशक बलराम थापा क्षेत्रीसहित सात जनाले गैरकानुनी लाभ हुने गरी सरकारलाई हानी पुर्याएर भ्रष्टाचार गरेको आरोपमा मङ्गलबार मुद्दा दायर भएको हो। निर्देशक बलराम थापा क्षेत्री, लेखा अधिकृत रामप्रसाद बजगाईं, वरिष्ठ पशु चिकित्सक पूजा शर्मा, कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष गणेशकुमार लिम्बु र कन्सल्टेन्सीका सञ्चालकसहित सात जनाविरुद्ध ४७ लाख ३७ हजार ६२९ रुपियाँको बिगोसहित भ्रष्टाचार मुद्दा दायर भएको हो। पशुहाट बजार निर्माण तथा सुधार कार्यक्रममार्फत तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका ५ जिरीखिम्तीमा आफूलाई फाइदा हुने गरी गलत मनसाय राखेर सरकारलाई हानीनोक्सानी पुर्याउने गरी बिल भरपाइ पेश गरेको आरोप अख्तियारले लगाएको छ। उनीहरुमाथि अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम मङ्गलबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो।
सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभाको दोस्रो बैठक पुनः सुरु भएको छ । राष्ट्रियसभाको पहिलो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त पाँच विधेयक टेबुल भएपछि बैठक ४५ मिनेटको लागि स्थगित भएको थियो ।
नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले नेपाल श्रीलङ्काको जस्तो आर्थिक सङ्कटतर्फ नगएको बताउनुभएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय, ललितपुरमा जारी छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा सुरु भएको हो।
जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । ट्रिपरभित्र १७ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गर्ने दोलखा गौरीशङ्कर गाउँपालिका–८ निवासी ३२ वर्षीय ट्रिपर चालक ज्ञानबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।
नेकपा (माओवादी केन्द्र)की सांसद विना पोखरेलले दलित समुदायमाथि हुने अमानवीय व्यवहारहरुको अन्त्य हुन नसकेको बताउनुभएको छ ।