२०२४ साउन २६ गते आमा सनकादेवी र बुवा सिद्धिप्रसाद जोशीको कान्छो सन्तानको रूपमा धनकुटामा जन्मिएकी मोमिला समकालीन नेपाली कविता र निबन्धको क्षेत्रमा आफैँ एउटा प्रतिमान बनेकी स्रष्टा हुन् । मौलिक सिर्जनाका रूपमा उनका चारवटा कविता सङ्ग्रह– पैँयुँ फुल्न थालेपछि (२०५३), जूनकीरीहरू ओर्लिरहेछन् (२०५५), दुर्गम उचाइमा फूलको आँधी (२०६०), भीमसेन थापाको सुसाइड नोट (२०७०) र एउटा निबन्ध सङ्ग्रह ईश्वरको अदालतमा आउटसाइडरको बयान (२०६३) प्रकाशित छन् ।
तानसेन लिफ्टिङ खानेपानी आयोजनाको निर्माण कार्यमा ढिलाइ भएको छ । पहिलो चरणमा निर्माण गरिएको इनारबाट पानी पम्पिङ हुन नसकेपछि दोस्रो चरणको कामले गति लिन नसकेको हो । पहिलो चरणअन्तर्गतको तानसेन–१३, बौघागुम्हास्थित कालीगण्डकी नदीबाट लिफ्टिङ गरेर प्रतिसेकेन्ड ३६ लिटर पानी झार्ने योजना थियो तर पहिलो चरणमा निर्माण गरेको इनारबाट ‘स्टिमेट’ गरेअनुसारको पानी पम्प हुन नसकेपछि दोस्रो आयोजना अगाडि बढ्न सकेको छैन । तानसेनवासीको कालीगण्डकीको पानी पिउने सपना तत्का
पाँच महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको जिल्ला कारागार कार्यालय काभ्रेको प्रशासनिक भवन १७ महिनापछि निर्माण सम्पन्न भएको छ । दुईतले प्रशासनिक भवनको सोमबार काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उद्घाटन गर्नुभएको हो ।
केही दिन देखि कम्जोर बनेको मनुसुनी प्रणाली मंगलबारदेखि पुनः सक्रिय हुने भएको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
कर्णाली कोरिडोरको हुम्ला सडक खण्डको दोमुखदेखि तुम्चसम्म वर्षात्मा हिलाम्मे सडकमा चालकलाई गाडी गुडाउन मुस्किल छ । उक्त सडकखण्डमा ट्र्याक खोल्ने काम मात्र भएको तर ग्राभेल नगरिएको कारण यो समस्या भएको हो ।
नेपाल भारत सीमामा पर्ने झापाको गौरीगञ्ज नाकालाई सहज बनाउँदै दुई देशको व्यापार वृद्धि गर्ने विषयमा नेपाल र भारतका भन्सार अधिकारीबीच सहमति बनेको छ । दुवै देशका भन्सार अधिकारीको संयुक्त सर्वेक्षणपछि यस्तो सहमति भएको हो ।
न्यायपरिषद्ले थप दुई न्यायाधीशलाई बर्खास्तको सिफारिस गरेको छ । परिषद्को सिफारिसअनुसार अब प्रधानन्यायाधीशबाट निर्णय कार्यान्वयन हुनेछ । पछिल्लो समय न्यायाधीशमाथि छानबिन र कारबाहीलाई तीव्रतासाथ अघि बढाएको परिषद्ले दस दिनयता पाँच न्यायाधीश बर्खास्त गरेको हो । प्राप्त उजुरी र परिषद्को निगरानीमा छानबिनपछि न्यायाधीश पदमुक्त भएका हुन् ।
काठमाडौंँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा बाह्य उडानका लागि स्वदेशी एवं विदेशी वायुसेवा कम्पनीहरूको बढ्दो आवागमनसँगै यो विमानस्थल साँघुरो हुन थालेको अनुभव यात्रुलगायत सबैले वर्षौं पहिलेदेखि गरिरहेकै हो । फ
नेपालमा औपचारिक रूपमा बैकिङ क्षेत्रको बीजारोपण वि.सं. १९९४ मा नेपाल बैङ्क लिमिटेडको स्थापनासँगै मात्र भएको पाइन्छ । नेपाल बैङ्क लि.को स्थापनापश्चात् लगभग दुई दशकको अन्तरालपछि देशमा उद्योग, व्यापार र व्यवसायको प्रवर्धन गर्ने उद्देश्यले वि.सं. २०१६ मा नेपाल औद्योगिक विकास निगम नामक संस्थाको स्थापना गरेको देखिन्छ । केही वर्षको अन्तरालपछि पुनः सरकारी पहलबाटै वि.सं. २०२२ मा राष्ट्रिय वाणिज्य बैङ्क तथा वि.सं. २०२४ मा कृषि विककास बैङ्कको स्थापना गरिएपछि मात्र यस क्षेत्रको विस्तार भएको देख्न सकिन्छ ।
नेपाल सरकारले आम नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न विभिन्न उपचारात्मक, प्रतिकारात्मक, प्रवद्र्धनात्मक तथा पुनस्र्थापित स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकार संरक्षण गर्न, पूर्वभुक्तानीको माध्यमबाट बीमितको आर्थिक जोखिम न्यूनीकरण गरी उपचारबाट नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच र उपभोग बढाउन, सेवा प्रदायकको दक्षता र जवाफदेहिता अभिवृद्धि गरी गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले नेपाल सरकारले स्वास्थ्य बीमा लागू गरेको हो ।
कानुनको पालना सबैले गर्नुपर्छ । जब कानुनको पालना गर्न, गराउन सबैभन्दा पहिले अग्रसर हुनुपर्नेहरू नै यसप्रति उदासीन देखिन्छन्, तब सुरु हुन्छ अराजकता र निराशाको यात्रा । यसले ठेस पु¥याउँछ– भ्रष्टाचारमुक्त समाजको परिकल्पनालाई र बिथोल्छ, चिथोर्छ सदाचारी संस्कारलाई ।
भूमिको दिगो व्यवस्थापन गर्ने लक्ष्यका साथ भूउपयोग नीति २०६९ पुनरवलोकन गरी भूउपयोग नीति २०७२ तर्जुमा गरिएको थियो । मानव जाति र भूमिको अन्योन्याश्रित सम्बन्ध रहेको हुँदा यसको संरक्षण, प्रभावकारी व्यवस्थापनसाथै दिगो उपयोगका लागि आवश्यक पहल गर्न नेपाल सरकारले भूउपयोग नीति जारी ग-यो ।
कैलालीका १३ वटा स्थानीय तहमध्ये घोडाघोडी नगरपालिकाले चार वर्षमा एक अर्ब सात करोड ४८ लाख ६० हजार ४४ रुपियाँ रकम भौतिक पूर्वाधार विकासमा खर्च गरेको छ । सो रकम पक्की पुल, झोलुङ्गे पुल, सडक कालेपत्रे, सडक ग्राभेल, कल्भर्ट निर्माण, तटबन्धन निर्माण, खानेपानी, सामुदायिक भवन, मन्दिर निर्माण, पार्क निर्माण, डिप बोरिङ निर्माण, पक्की नाली निर्माण, पक्की पर्खाल निर्माण, गेट निर्माण, सार्वजनिक शौचालय र खेल मैदान निर्माणमा खर्च भएको हो ।