नेप्से परिसूचक पछिल्लो एक सातादेखि निरन्तर रुपमा वृद्धि भएको छ। मङ्गलबार नेप्से परिसूचक १६.२७ अंक बढेर २०४५.६९ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.७७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५७ अंक बढेको छ।
नेपालमा कोरोनाको चौथो लहरमा प्रवेश गरेसँग सङ्क्रमणदर बढ्दो क्रममा छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार पछिल्लो २४ घण्टामा ३५७ जनामा कोरोना सङ्कमित थपिएका जनाएको छन् ।
नेपाल चेम्बर अफ कमर्सले प्रतिनिधि सभामा विचाराधिन रहेका अर्थतन्त्रसँग सम्वन्धित बिभिन्न विधेयकलाई अघि बढाउन सभामुख अग्नि सापकोटालाई ध्यानाकर्षण गराएको छ । सिंहदरवारस्थित सभामुख सापकोटाको कार्यकक्षमा आज भएको भेटबार्तामा चेम्बरले सम्वन्धित विभिन्न एघार वटा विधेयकहरु अघि बढाउन सभामुख सापकोटाको ध्यानाकर्षण गराएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विकास निर्माणको कामलाई गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई निर्देशन दिनुभएको छ ।
आन्तरिक राजस्व कार्यालय पोखराले गत आर्थिक वर्षमा चार अर्ब ८८ करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०७८/०७९ मा कुल पाँच अर्ब १० करोड रुपियाँ राजश्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा कार्यालयले लक्ष्य नजिक ९६ प्रतिशत राजस्व सङ्कलन गरेको उल्लेख गरेको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनको सम्बन्धमा बिहीबार सम्ममा टुंगोमा पुग्नुपर्नेमा जोड दिनुभएको छ।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कसैलाई मन लाग्दैमा सङ्घीयता खारेज नहुने बताउनुभएको छ । विराटनगरमा मंगलबार प्रेस चौतारी नेपाल प्रदेश १ कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले नेपालको संविधान सहमतिमा बनेकाले कुनै एक जनालाई चाहना हुँदैमा संघीयता खारेज नहुने बताउनुभएको हो ।
मौसमविद्हरुले मनसुन निस्क्रिय हुँदा देशभर गर्मी बढेको बताएका छन् । मौसमविद्ले केही दिन यता मनसुन निस्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको बताएका हुन् ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले स्मार्ट ड्राइभिङ लाइसेन्स सबै प्रदेशमा छपाइ गर्ने व्यवस्था गरिने बताउनुभएको छ ।
काठमाडौं महानगरपालिकाले इन्डोनेसियाबाट मङ्गलबार तीन वटा दमकल ल्याएको छ ।
रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरिया रोजगारीका लागि कृषि तथा पशुपालनतर्फको दोस्रो चरणको नतिजा सार्वजानिक भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाका अनुसार दोस्रो चरणका लागि गत असार १३ गतेदेखि २२ गतेसम्म भएको परीक्षामा सहभागीमध्ये एक हजार १०३ जना उत्तीर्ण भएका हुन् । दोस्रो चरणका लागि चार हजार २५८ जनाले आवेदन दिएकामा परीक्षामा तीन हजार १३ जना सहभागी भएका थिए ।
बाराको निजगढमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न विज्ञ समूह गठन गरेर अध्ययन अगाडि बढाइने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले विमानस्थल निर्माणबारे अध्ययन गर्न विज्ञ समूह गठन गर्ने निर्णय गरेको छ । सो प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको छ ।
गैँडा मृत्यु सङ्ख्या बढेको समस्या निराकरणका लागि सरकारले विज्ञहरू सम्मिलित टोली गठन गरेको छ । गैँडाको मृत्युदर घटाउन र चितवन राष्ट्रिय निकुञ्जबाट गैरकानुनी तरिकाले हुने अङ्ग–प्रत्यङ्गको ओसारपसार तथा खरिद बिक्री अन्त्य गर्न वन तथा वातावरण मन्त्रालयले विज्ञ टोली गठन गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सनातन वैदिक धर्म र संस्कृति जोगाउन सबै पक्षको महत्त्वपूर्ण भूमिका रहने धारणा व्यक्त गर्नुभएको छ । पशुपति मन्दिर परिसरमा जगत्गुरु रामानन्दाचार्य सेवा पीठ तथा महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानले आयोजना गरेको नौदिने अतिरुद्र महायज्ञ सोमबार उद्घाटन गर्दै मन्त्री कार्कीले सो कुरा बताउनुभएको हो ।
क्यानेडियन गायिका गिथिया बर्मनको ‘एनदर वल्र्ड’ बोलको गीतमा ब्लाइन रक्स्का संस्थापक सृष्टि केसी र सुदेव सुरेशको अभिनय रहेको छ । गायिका बर्मनको शब्द, सङ्गीत तथा स्वर रहेको गीतमा दृष्टिविहीनहरूलाई प्रेरणादायी परियोज