काठमाडौं, असोज १३ गते । चलचित्र ‘प्रेमगीत ३’ प्रेम (प्रदिप खड्का) र गीत (क्रिस्टिना गुरुङ) बीचको माया प्रेमको कथा हो। प्रेम खजाक राज्यको शासक युद्धवीर (शिव श्रेष्ठ) का कान्छा छोरा हुन जो शुभ समयमा जन्मिएका हुन्छन्। युद्धवीर गरिबमाथि हुकुम चलाउने शासक हुन्। गरिबले आफूले खेतबाट उब्जाएको होस या अन्य केही न केही सामान शासक युद्धवीरको पुर्याउनु नै पर्ने हुन्थ्यो। प्रेमलाई यी सबै कुरामा खासै रुचि हुँदैन। त्यसैले उनी बाल्यकालदेखि नै गाउँकी सोझी सबैको सहयोग गर्ने युवती गीतको मायामा पर्छन्। यता युद्धवीरका जेठा छोरा अमन (मनिष राउत) लाई भने कसरी हुन्छ आफ्नो बुवाजस्तै बन्नु छ र गीतको गाउँ सात गाउँमाथि राज गर्नुछ। यता मन्दिरकी माता (लक्ष्मी बर्देवा) भने दरगाहमा अनिष्ठ हुन्छ भनेर राजालाई बारम्बार सङ्केत गरिरहेकी हुन्छिन्। उनले राजाका दुई छोरा जन्मिदा नै भविष्यवाणी गरिसकेकी हुन्छिन् कि राजा बन्ने योग प्रेमकै भाग्यमा मात्र लेखिएको छ। चलचित्र कथा यही नै हो। प्रेमले राजयोग रोज्छन् कि गीतको प्रेम यही नै चलचित्रको मुख्य कथा हो। प्रेमका दाइ अमन आफू राजा हुन के कस्तो रणनीति अपनाउँछन् त ? यो पनि चलचित्र भित्र गम्भीर रूपमा देखाइको छ। युद्धवीरले जब प्रेम कै साथ दिन्छन्। त्यसपश्चात् अमनको मनभित्र कस्तो चिसोपना पस्छ भन्ने कुरा पनि चलचित्रमा केलाउन खोजिएको छ। चलचित्रमा गीत सातगाउँका गाउँलेको भगवान् कै रूपमा देखिएकी छिन्। उनलाई गाउँका सबैले भरोसा र धेरै नै विश्वास गर्छन् भने गीत पनि कसैले मारकाट गरेको र अरूको कुभलो कदापि सोच्न सक्दिनन् त्यसैले पनि गाउँलेहरूको आशाको बिन्दु बनेकी छिन् गीत। त्यस्तै चलचित्रमा छोटै भूमिकामा भए पनि एक्कासि चलचित्रमा देखिएका अङ्गद (सन्तोष सेन) को एक्सनले भरिपूर्ण दृश्य दर्शकलाई अवश्य नै रमाइलो तुल्याउँछ। अङ्गद प्रेमका साथी हुन्छन्। जब प्रेम कुनै चिजमा फसेका हुन्छन्। तब प्रेमलाई बचाउन अङ्गद आइपुग्छन्। प्रेमकथामा आधारित यस चलचित्र प्रेमको अभिनय बेजोड छ। पहिलोदेखि अन्तसम्मको उनको अभिनयले दर्शकलाई हलमा बाँधिराख्न बाध्य बनाउँछ। चलचित्रको संवादमा केही फितलोपना अवश्य देखिन्छ। तर, पात्रले चलचित्रभित्र गरेको अभिनय यसलाई पन्छ्याइदिएको छ। चलचित्रमा प्रेम र गीतको प्रेमिल दृश्य र गीत सङ्गीतलाई अवश्य नै दर्शकले रुचाउनुहुनेछ। अभिनेत्री क्रिस्टिना गुरुङले अभिनय त्यति पोख्त देखिँदैन जुन प्रदिप खड्काको अभिनयमा देखिन्छ। क्रिस्टिनालाई अझ धेरै मिहिनेतको आवश्यकता भएको देखिन्छ। छोटो भूमिकामा देखिएका अभिनेता सुनिल थापाको अभिनयमा कतै खोट लगाउन ठाउँ छैन। त्यस्तै अभिनेता शिव श्रेष्ठको अभिनयलाई ठिकठाक भन्नुपर्छ। चलचित्रमा देखाइएका भिएफएक्सका दृश्यले अवश्य नै दर्शको आँखा लोभ्याउँछ। हिउँ पर्दै गरेको भिएफएक्सलाई दर्शकले अवश्य नै रुचाउने छन्। त्यस्तै केही द्वन्द्वका दृश्यमा प्रयोग गरिएको रगतको भिएफएक्समा भने चलाखी पुर्याएको देखिन्छ। राजेश श्रेष्ठ र पुरुषोत्तम प्रधानले हिमालका सुन्दर दृश्यलाई आफ्नो फ्रेममा बेजोड तरिकाले अटाएका छन् । मनाङका सुन्दर दृश्यले दर्शकको आँखालाई भने पक्का नै शीतलतापन दिलाउँछ। अन्य कलाकार पुष्कर कार्की, जीवन बराल, जीवन भट्टराई, लक्ष्मी बर्देवा, माओत्से गुरुङ, प्रेम पुरी, अनुभव रेग्मी लगायतको पनि चलचित्रमा महत्त्वपूर्ण भूमिका रहेको छ। चलचित्र ‘प्रेगगीत ३’ लाई निर्देशक सेनले अन्य चलचित्र भन्दा केही फरक बनाउन अवश्य नै धेरै कोसिस गरेका हुन् र केही दशसम्म उनी सफल पनि भए। चलचित्र निर्देशन गर्न होस या बनाउन चलचित्र हेर्ने भगवान् भनेको दर्शन नै हुन्। चलचित्र हेरिसकेपछि धेरै दर्शकको मनमा यो खट्किन्छ कि आखिर निर्देशक सेनले चलचित्र किन अपुरै छाडे, के यसको अर्को सिक्वेल पनि बन्न लगेको हो र ?
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ३ दशमलव ६ देखि ४ जीपीए ल्याउने छात्राको सङ्ख्या चार हजार ३५२ रहेकाे छ ।
शुक्रबार प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी)को ४० औँ स्मृतिदिवस मनाइँदै छ । वि.सं. १९७१ भदौ २४ गते जन्मनुभएका कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।
उपसभामुखका लागि भएको मतदानमा भुसाल १४८ मतसहित विजयी हुनुभएको हो। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपसभामुख पदका उम्मेदवार विद्या भट्टराईले ९३ मत पाउनुभएको छ। तटस्थ १ मत परेको छ । कुल २४२ सदस्यको उपस्थिति थियो ।
सरकारले विभिन्न २३ जिल्लाका दुई लाख २३ हजार ३३० गरिब परिवारको सूची स्वीकृत गरेको छ।
भीडले नेता छान्छ कि विचारले भन्ने विषयमा हामीले घण्टौं होइन, वर्षौ बहस गरेका छौँ । अहिलेको स्थितिमा कयौं नेता विदेशीले जन्माइदिए । कयौं नेता यहाँका आन्दोलनले जन्मिन्छन् । कयौंलाई भीडले नेता बन भनेर कुर्सीमा राखिदिन्छ ।
हेरफेरपछि मन्त्रिपरिषद्मा प्रधानमन्त्री, २० मन्त्री र तीन राज्यमन्त्री रहनुभएकाे छ। नवनियुक्त मन्त्रीको शपथ सोमबार बिहान ११ बजे ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधान र कानुनले निषेध गरेका विषयबाहेक अन्य विषयमा सञ्चारमाध्यमलाई वैचारिक स्वतन्त्रता रहेको बताउनुभएको छ।
अर्थमन्त्री जनार्दन शर्माले सरकारले एक घर एक परिवारको अवधारणालाई अगाडि बढाएको बताउनुभएको छ । एक लाख रोजगारी सिर्जना हुनेगरी स्थानीय तहमा रोजगारी सिर्जना गरिने उल्लेख गर्नुभये ।