• १ भदौ २०८१, शनिबार

सांसदको काम विकास गर्ने कि कानुन बनाउने ?

blog

काठमाडौँ, साउन २६ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य एवम् काठमाडौँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य सोबिता गौतमले सांसदको काम स्थानीय विकास नभएर कानुन निर्माण गर्ने भनेर मतदातालाई बुझाउन कठिन भएको बताउनुभएको छ । 

प्रतिनिधि सभाअन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समिति सदस्यसमेत रहनुभएका गौतमले संविधानले सांसदलाई कानुन निर्माणको जिम्मेवारी सुम्पिए पनि त्यो कुरा मतदातालाई बुझाउन कठिन भएको बताउनुभएको हो । 

कानुन एकातर्फ भए पनि मतदाताले आफ्नो जनप्रतिनिधि विकास निर्माण, खानेपानी, स्वास्थ्यदेखि हरेक स्थानीय तहका गतिविधिमा उपस्थित भइदिए हुन्थ्यो भन्ने चाहना राख्ने भएकाले कानुन निर्माण मात्र हाम्रो जिम्मेवारीमा पर्छ भन्न सक्ने अवस्था नरहेको बताउनुभएको हो । अधिवक्तासमेत रहनुभएका गौतमले कानुन समितिमा बसेर कानुन निर्माणमा सक्रिय भएको प्रष्ट पार्नुभएको छ । 

२०५२ साल असारमा बुवा कृष्णप्रसाद र आमा गीताबाट दोलखमा जन्मनु भएका गौतमले प्रतिनिधि सभा सदस्यका रुपमा २०७९ पुस ७ गते पद तथा गोपनीयताको शपथ लिनुभए हो । उहाँ अहिले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-४ कमेरेटारमा बस्दै आउनुभएको छ । कानुनमा स्नातक गर्नुभएका सांसद गौतमसँग कानुन, सञ्चार, गैरसरकारी र पर्यटन क्षेत्रमा काम गरेको अनुभव छ । 

प्रस्तुत छ–गोरखापत्र अनलाइनका लागि दिनेश लुइटेल, मनोजरत्न शाही र केशब गुरुङले सांसद सोबिता गौतमसँगको कुराकानीका आधारमा तयार पार्नुभएको ‘सांसदलाई सवाल’: