मदन पुरस्कारका लागि सात कृति छनोटमा

 madan
काठमाडौँ, असार २५ गते । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०७५ का लागि सात वटा कृतिलाई श्रेष्ठ सूचीमा छनोट गरेको छ ।

छनोट भएका कृतिमा सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङ’,

महेश थापाको ‘मरीचिका’, योगेशराजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ छन् ।    
    
पुरस्कारका लागि कूल २५७ कृति प्राप्त भएकामा छनोट समितिको सिफारिशमा ती सात कृतिको नाम सार्वजनिक गरिएको गुठीले जनाएको छ ।

छनोटमा परेका सात कृतिमध्येबाट एक कृतिलाई मदन पुरस्कार प्रदान गरिनेछ ।

साहित्यिक क्षेत्रमा यस पुरस्कारलाई महत्वपूर्ण मानिन्छ । (रासस)      

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds