• १४ वैशाख २०८१, शुक्रबार

पहिराेले घर पुरिएर आमाछोराको मृत्यु, तीनजना घाइते

blog

बैतडी,  साउन  ८ गते । पहिराेले घर पुरिँदा बैतडीमा आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पुर्चौडी नगरपालिका–२  भैरु टोलका २४ वर्षीया अञ्जु जागरी र ४ वर्षीय रिजन रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । 

आज बिहान ३ बजे घरमाथिबाट खसेको पहिराेले घर पुँरिदा घरभित्र सुतिरहेका उनीहरुको मृत्युु भएको हो । पहिराेले पुरेर १८ वर्षीय गोब्बर जागरी, ४५ वर्षीया राइमती जागरी र ६० वर्षीया जस्मा बोहरा  घाइते भएका छन् । पहिराेले घर र पशुचौपायामा पनि क्षति पुगेको छ ।  रासस